लाभांश र हकप्रदको प्रस्ताव राखेर समताले बोलायो साधारणसभा

Nov 18, 2018 Merolagani

समता माईक्रोफाइनान्स (SMBSL) ले लाभांश वितरणको प्रस्ताव गर्दै वार्षिक साधारण सभा आह्वान गरेको छ । माईक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट १४.०२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

समताले ६.६६ प्रतिशत बोनस तथा ७.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेकोपछि शेयरधनीलाई वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ छ । जस अनुसार कम्पनीले ३७ लाख ९२ हजार रुपैयाँ बोनस बापत र ४१ लाख ९१ हजार १५८ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

माइक्रोफाइनान्सको पाँचौ वार्षिक साधारण सभा मंसिर २७ गते बिहिबार अपरान्ह ११ः३० वजे होटल इच्छा प्रा.लि. सिमरा बारामा हुने जानकारी गराएको छ ।

माइक्रोफाइनान्सले साधारण सभा प्रयोजनको लागि मंसिर ११ गते देखि बुकक्लोज गर्ने जनाएको छ । जस अनुसार मंसिर १० गते सम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउनेछन् ।

साथै सभाले बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजी ६ करोड ६ लाख ७२ लाख रुपैयाँ को २०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

बोनस शेयर र हकप्रद निष्काशन पश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी १८ करोड २० लाख १६ हजार रुपैयाँ पुग्ने छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।