अर्को साताबाट शेयरबजारका लगानीकर्तालाई 'रियल अनलाइन ट्रेडिङ '

Nov 21, 2018 Merolagani



शेयर बजारका लगानीकर्ताले आगामी साताबाट प्रत्यक्ष रुपमा सहभागि भएर अनलाइन कारोबार प्रणाली मार्फत शेयर खरिदबिक्री गर्न पाउने भएका छन् । गत कार्तिक २० गतेदेखि ब्रोकरको सहयोगबाट कारोबार गर्दे आएका लगानीकर्ताले अब आफ्नै हातबाट शेयर किनबेच गर्न सक्नेछन् ।

स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालका अध्यक्ष भरत रानाभाटले अर्को साताबाट शेयरबजारका लगानीकर्ता आफै अनलाइन कारोबारमा संलग्न हुन पाउने जानकारी दिए ।

यो साताभर अनलाइन कारोबार प्रणालीमा देखिएका समस्याहरु समाधान भईसक्ने र अर्को साताबाट लगानीकर्तालाई प्रत्यक्ष रुपमा संलग्न गराइने तयारी भईरहेको उनले जानकारी दिए ।

'कुन दिनदेखि सुरु गर्ने भन्नेमा अहिले निर्णय भईसकेको छैन् , शुक्रबार नेप्सेसँग छलफल गरेर मिति तय गरिने छ ।' उनले भने । यसबीचमा अहिले अनलाइन कारोबारमा देखिएका समस्याहरु समेत सुल्झने विश्वास ब्यक्त गरे ।

अनलाइन कारोबार बारे ब्रोकर र लगानीकर्तालाई नेप्सेले गर्यो यस्तो आग्रह

अनलाइन कारोबार गर्न के गर्नुपर्छ लगानीकर्ताले ?

शेयर बजारका लगानीकर्ताले प्रत्यक्ष रुपमा अनलाइन कारोबारमा सहभागि हुन सबैभन्दा पहिला आफ्नो केवाइसी अपडेट गर्नुपर्छ । पुरानो कारोबार प्रणाली सिटिएस) मा विवरण अपडेट गराए पछि मात्र लगानीकर्ताले युजर र पासर्वोड प्राप्त गर्नेछन् ।

त्यसको प्रयोगबाट लगानीकर्ता आफै अनलाइन कारोबारमा सहभागि हुन पाउँछन् । तर त्यो भन्दा अगाडि लगानीकर्ता र ब्रोकरबीच अनलाइन कारोबार सम्बन्धिको सम्झौता गर्नुपर्ने रानाभाटले जानकारी गराए ।

अनलाइन कारोबार गर्न लगानीकर्ताले अपनाउनुपर्ने शर्तहरु यस्ता छन्

 अनलाइन शेयर खरिद बिक्री गर्दा हुन सक्ने जोखिम व्यवस्थापन र शेयर खरिद बिक्रीको प्रक्रियालाई अझ व्यवस्थित बनाउन धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को उपनियम १० सँग सम्वन्धित विनियमावलीको आधारमा ब्रोकर र लगानीकर्ताबीच सम्झौता हुनुपर्नेछ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।