किसान माइक्रोफाइनान्सले फेरि हकप्रदको भारी बोकाउने

Nov 27, 2018 Merolagani



किसान माइक्रोफाइनान्स (KMFL) ले पूँजी वृद्धि गर्नका लागि शेयरधनीलाई फेरि शतप्रतिशत हकप्रद बेच्ने भएको छ। अन्य लघुवित्त कम्पनीभन्दा निकै कम पूँजी रहेका माइक्रोफाइनान्सले शेयरधनीलाई एकपछि अर्को हकप्रदको बोझ थपेर पूँजी वृद्धि गर्ने रणनीति लिएकाे छ ।

हकप्रद बिक्रीको प्रस्ताव राखेर लघुवित्तले आगामी पुस ७ गते शनिबार बिहान ११ बजे संस्थाको भवन निर्माण स्थल बलिया कैलालीमा छैटौं वार्षिक साधारण सभा आह्वान गरेको छ । 

किसान माइक्रोफाइनान्सले मंसिर २ गतेदेखि ५० प्रतिशत हकप्रद बिक्री गरिरहेको छ । यो हकप्रद र लघुवित्त कम्पनीले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको २९ प्रतिशत बोनस पश्चात कायम हुने चुक्ता पूँजीको शतप्रतिशत हकप्रद बिक्री गर्ने भएको हो । 

माइक्रोफाइनान्सको छैटौं साधारण सभामा प्रस्तावित बोनस र हालको ५० प्रतिशत हकप्रद शेयर पश्चात् कायम हुने चुक्ता पूँजी ८ करोड ६० लाख ९ हजार ५०० रुपैयाँको शतप्रतिशत प्रतिशतका दरले ८ लाख ६० हजार ९५ कित्ता हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरिएको छ ।

सभाले लघुवित्तको सञ्चालक समितिले गत आर्थिक बर्षको नाफाबाट प्रस्ताव गरेको २९ प्रतिशत अर्थात एक करोड ३९ लाख ३४ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि १.५३ प्रतिशतले हुन आउने ७ लाख ३३ हजार ३९५ रुपैयाँ नगद लाभांश वितरण प्रस्ताव पारित गर्देछ ।

 

छैटौं साधारण सभा प्रयोजनका लागि माइक्रोफाइनान्सले मंसिर २९ गते बुक क्लोज गर्ने जनाएको छ । यसअनुसार मंसिर २८ गतेसम्म कायम शेयरधनीले मात्र बोनस शेयर र साधारण सभामा भाग लिन पाउनेछन् ।

चालू आर्थिक बर्षको असोज मसान्तसम्म माइक्रोफाइनान्सले ८५ लाख ४८ हजार खुद नाफा आर्जन गरेकाे छ ।




समानुपातिकतर्फको मत गणना सकियो, कुन दलले पाए कति सिट ?

Mar 11, 2026 01:18 PM

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।