चार विकास बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ माथि, कुनको इपिएस कति ?

Nov 28, 2018 Merolagani

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३० विकास बैंक मध्ये चार वटा विकास बैंकहरुको प्रतिशेयर आम्दानी २० रुपैयाँ भन्दा धेरै रहेको छ। जसमा मुक्तिनाथ, शाईन रेसुङ्गा, एक्सेल र मितेरी डेभलपमेन्ट बैंक रहेका छन् ।

जस मध्ये मुक्तिनाथ विकास बैंकले बिगतमा झै अन्य विकास बैंकहरुलाई पछि पर्दै अग्रता लिएको छ । यस त्रैमासमा बैंकको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ९२ पैसा छ । बैंकले पूँजी वृद्धि सँगै खुद नाफामा बढोत्तरी गर्दा बैंकको प्रतिशेयर आम्दानी बढेको देखिन्छ ।

समीक्षा अवधिमा शाईन रेसुङ्गाको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ८४ छ भने एक्सेल र मितेरी विकास बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ माथि रहेको छ ।

यद्यपि मितेरी विकास बैंकको प्रतिशेयर आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ४ रुपैयाँले घटेको छ । गत वर्षको प्रथम त्रैमासमा मितेरीको प्रतिशेयर आम्दानी २४ रुपैयाँ माथि थियो ।

चालु आवको प्रथम त्रैमासमा साहारा विकास बैंकको प्रतिशेयर आम्दानी सबै भन्दा कमजोर देखिएको छ । बैंकको प्रतिशेयर आम्दानी ८० पैसाले ऋणात्मक रहेको छ । तर बैंकले आफ्नो वित्तीय बिवरणमा भने प्रतिशेयर आम्दानी २० पैसा देखाएको छ ।

त्यसैगरी ३० विकास बैंक मध्ये ९ वटा बैंकहरुको प्रतिशेयर आम्दनी १५ रुपैयाँ र १० रुपैयाँको अन्तरमा छ भने १७ वटा बैंकको प्रतिशेयर आम्दानी १० रुपैयाँ भन्दा थोरै छ ।

ग्रोथको आधारमा कावेली विकास बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ४४ पैसा अर्थात ४६५ प्रतिशले बढेको छ ।
यता सांग्रिला विकास बैंकको प्रतिशेयर आम्दानी सबै भन्दा धेरै ७४.८३ प्रतिशत अर्थात ९ रुपैयाँ ४ पैसाले घटेको छ । हाल बैंकको प्रतिशेयर आम्दानी तीन रुपैयाँ ४ पैसामा मात्र सिमित भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।