युनाइटेड मोदी हाइड्रोले लाभांश वितरण गर्न बोलायो साधारण सभा

Dec 02, 2018 Merolagani

युनाइटेड मोदी हाइड्रोपावर (UMHL) ले चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश पारित गर्नका लागि पुस १२ गते बिहीबार वार्षिक साधारण सभा आह्वान गरेको छ ।

हाइड्रोपावर कम्पनीले पुस १२ गते बिहान ११ बजे यूनाइटेड वर्ल्ड ट्रेड सेन्टर हल त्रिपुरेश्वर, काठमाडौंमा अार्थिक वर्ष २०७४/७५ काे वार्षिक साधारण सभा डाकेको हो । 

सभामा कम्पनीले हाल कायम चुक्ता पूँजी एक अर्ब १५ करोडको ५ प्रतिशतले हुने आउने ५ करोड ७५ लाख रुपैयाँ कर सहितको नगद लाभांश स्वीकृत गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २५ गतेदेखी शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने भएको छ । जसअनुसार मंसिर २४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको नगद लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

साथै कम्पनीले साधारण सभाबाठ पारित नगद लाभांश शेयरधनीकाे बैंक खातामा नै पठाउनु हुनाले शेयर डिम्याट नगरेका शेयरधनीलार्इ डिम्याट गर्न तथा हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गर्न समेत अनुराेध गरेकाे छ। अघिल्ला वर्षहरूकाे लाभांश समेत शेयर रजिष्ट्रार सीबिअाइएल क्यापिटलमा सम्पर्क गरि संकलन गर्न कम्पनीले भनेकाे छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ६० पैसा रहेको छ भने जगेडा कोषमा ११ करोड ३३ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ८५ पैसा कायम छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।