प्राइम लाईफ इन्स्याेरेन्स मोफसलमा बीमा जनचेतना बढाउन सक्रिय,अभिकर्ता तालिम सम्पन्न

Dec 03, 2018 Merolagani

प्राइम लाईफ इन्स्योरेन्स (PLIC)  सबैमा बीमाको पहुँच पु¥याउने उद्देश्यले राजधानी बाहिरका जिल्लाहरुमा जनचेतना बढाउने कार्यमा सक्रिय भएको छ। यसैबीच कम्पनीले मंसीर १४ र १५ गते २ दिन सन्धिखर्क अर्घाखाँचीमा नयाँ तथा पुराना अभिकर्ताहरुलाई अभिकर्ता तालिम सम्पन्न गरेको छ ।

सम्पुर्ण नेपालीलाइ बीमाको दायरामा ल्याउने उद्देश्यका साथ आफ्ना अभिकर्ताहरुलाइ पुनर्ताजगी प्रदान गरी गाउँ गाउँमा बीमा सम्बन्धि जनचेतना फैलाइ जागरुक गराउने कार्य गरेको इन्स्योरेन्सले जनाएको छ ।

तालिम बुटवल शाखा प्रमुख रीता के.सी. मुख्य प्रशिक्षक र अर्घाखाँची कार्यालय प्रमुख नारायण घिमिरेको सञ्चालन र संयोजकत्वमा सम्पन्न भएको थियो ।

सुनवल उपशाखा प्रमुख शिवनाथ गुप्ता, बुटवल शाखा सञ्चालन सहायक गुणराज घिमिरे र अर्घाखाँची कार्यालय सहायक सर्मिला आचार्यले कार्यक्रम सम्पन्न गर्न सहजीकरण गरेका थिए ।

साथै उक्त्त कार्यक्रममा एजेन्सी मेनेजर, इन्स्योरेन्स एड्भाइजर, व्यवसाय अधिकृत लगाएतले विमाको मार्केटिङ्ग गर्दाका आफ्ना पुराना अनुभव र भोगाइ सुनाउदै हाल भने धेरै सजिलो र सहज भएको बताएका थिए ।

बजार प्रतिनिधिहरुले यस कम्पनिका ७७ जिल्लाका १४० भन्दा बढी कार्यालयबाट सम्पूर्ण सेवा र सुविधाहरु छिटो र छरितो प्राप्त हुने गरेकाले कुनै सेवाग्राहीले दु:ख र झन्झट भोग्नु नपर्ने बताए। तालिममा अर्घाखाँचीका विभिन्न स्थानबाट सहभागी २८ भन्दा बढी नयाँ अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।