लुम्बिनी विकास बैंककाे वीरगञ्जमा एटीएम सेवा

Dec 03, 2018 Merolagani

लुम्बिनी विकास बैंक (LBBL) ले वीरगञ्ज, आदर्शनगर स्थित आफ्नो व्यापारिक कम्प्लेक्समा रहेको शाखामा एटीएम सेवा सञ्चालनमा ल्याएको छ। उक्त एटिएम मेसिनको शुभारम्भ वीरगञ्ज महानगरपालिकाका मेयर तथा लुम्विनी विकास बैंक लिमिटेडका संस्थापक विजयकुमार सरावगीले गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै लुम्विनी विकास बैंक लिमिटेडका वीरगञ्ज शाखाका शाखा प्रबन्धक अशोक भण्डारीले नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको मान्यता प्राप्त यस बैंकका अधिराज्यभर कुल ६५ शाखा कार्यालयहरु तथा १४ एटिएम सञ्चालनमा रहेका जानकारी दिए ।

बैंकबाट जारी गरिएका भिसा एटिएम कार्डबाट नेपाल अधिराज्यभरका जुनसुकै बैंकको भिसा नेटवर्क अन्तर्गतका एटिएम मेसिनबाट पैसा झिक्दा कुनै शुल्क नलाग्ने तथा भूक्तानीका लागि समेत प्रयोग गर्न सकिने उनको भनाई थियो ।

उक्त कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीज्यूले बैंकको शाखाको निरिक्षण गर्दै वर्तमान प्रगतिका लागि बधाई दिँदै बैंकको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।