शेयर बजारका बारेमा लेखिएको ३३० बर्ष पुरानो किताब लिलामीमा

Dec 05, 2018 Merolagani



यदि शेयर बजारले तपाईलाई कन्फ्यूज बनाइरहेको छ भने यस विषयमा तपाई मात्र त्यस्तो व्यक्ति हुनुहुन्न । शताब्दी पहिलेदेखि नै मानिसहरु शेयर बजारका बारेमा अलमलमा परिरहेका छन् ।

सायद त्यसैले होला शेयर बजारमाथि लेखिएको पहिलो किताबको नाम पनि ‘कन्फ्यूजन डि कन्फ्यूजनेस’  राखिएको थियो । सन् १६८८ मा जोसेफ पेन्सो डि ला भेगाले लेखेका थिए ।

उक्त किताब १६०२ मा स्थापित दुनियाँको पहिलो एम्सटर्डम एक्सचेञ्जमा आधारित रहेको छ । सोदबी अक्सन हाउसले उक्त किताबको लिलामी गरिरहेको छ ।

उक्त किताब २ देखि ४ करोडसम्ममा बिक्ने अनुमान गरिएको छ । जीविश थियोलोजिकल सेमिनरीले उक्त किताब बेच्ने भएको छ । एजेन्सी




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।