बीस दिनमा चार गुणाले बढ्यो बियन्ड बर्गरको शेयर

May 20, 2019 Merolagani



मासु बिनाको बर्गर बनाउँदै आएको वेगन मीट बियन्ड मीट कम्पनीको शेयर २० दिनमा चार गुणाले बढेको छ । १ मे मा २५ डलरभन्दा कम मूल्यमा कारोबार भएको शेयर बिहीबार ९२.९२ डलरमा कारोबार भएको हो ।

शेयरको मूल्य बढेसँगै साउथ बोस्टनमा रहेको कम्पनीको बजार मूल्य हाल ५ अर्ब ५५ करोड डलर पुगेको छ । यो गत वर्षको विक्रीको तुलनामा करिब ६० गुणा धेरै हो ।

शाकाहारी बर्गर बनाउने कम्पनी बियन्ड मीटको शेयर पहिलो दिनमा नै १६० प्रतिशतभन्दा धेरैले वृद्धि भएको थियो ।

लगानीकर्ताहरुले सार्वजनिक रुपमा सूचीबद्ध कम्पनीबाट मासुको स्वाद भएको शाकाहारी बर्गर बनाएर लोकप्रियता बढाउँदै लगेसँगै कम्पनीको शेयरमा उच्च वृद्धि देखिएको हो । अमेरिकामा उक्त बर्गर एकदमै लोकप्रिय रहेको छ ।

बियन्ड बर्गरका निर्माताले आफूले सुरुवाती बजार मूल्य प्रतिशेयर २५ डलर राखेको कम्पनीको बजार पूँजीकरण २ अर्ब ४० करोडले बढेको बताएका छन् ।

कम्पनीले १ अर्ब २० करोड बराबरको साधारण शेयर (आईपिओ) निकाल्ने तयारीमा रहेको बताएको छ ।

बियन्ड मीट एउटा प्लान्ट बेस्ड मीट कम्पनी हो । यो कम्पनीले मासु बिनाको बर्गर बेच्ने गर्दछ । तर त्यसलाई खाँदा साच्चैको मासुको जस्तै स्वाद पाइन्छ । यो कम्पनीको लक्ष्य खाद्य प्रणालीलाई ठीक गर्नु रहेको छ । कम्पनीले रुख विरुवाको नै प्रयोग गरेर मासु जस्तै स्वाद बनाउदै आइरहेको छ ।

 




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।