सर्वोच्चको अन्तरिम आदेशका कारण एनसेल कर असुलीमा समस्या

Dec 07, 2018 Merolagani



राजश्व सचिव शिशिर ढुंङ्गानाले कानुनी जटिलताका कारण एन सेल कर असुलीमा समस्या भएको बताएका छन् । प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिको शुक्रबार बसेको बैठकमा राजश्व सचिव ढुंङ्गानाले सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण कर असुलीमा समस्या परेको बताए ।

कर असुलीका लागि बैक खाता रोक्का गर्नुको साथै ठूला कर दाताको कार्यालयले पनि पहल गरिरहेका बेला सर्वोच्च अदालतले एनसेलको लाभांश निर्वाध रुपमा फिर्ता लैजान दिनु भन्दै रकम नरोक्न अन्तरिम आदेश जारी गरेपछि समस्या उत्पन्न भएको उनको भनाई छ ।

टेलिया सोनेराको लाभांश कर छलि र सिजर्नी प्रालिको आयकर छलिको सम्बन्धमा परेको मुद्धालाई सर्वोच्चले एकसाथ हेरिरहेको भन्दै उनले त्यसको अन्तिम फैसला नआउन्जेल केही गर्न नसकिने बताए ।

ठूला कर दाता कार्यालयका प्रमुख धनीराम शर्माले एन सेल बाट कर असुल गर्ने सम्बन्धमा सर्वोच्च अदालतबाट अन्तिम फैसला नआएसम्म केही गर्न नसकिने जानकारी गराए । अन्तरिम आदेशमा लाभांश रोक्न पाउदैनौ भन्ने स्पष्ट उल्लेख भएकाले सर्वोच्चको अन्तिम फैसला नआएसम्म आफुहरुले केही गर्न नसक्ने उनले बताए । एनसेल माथिको कर निर्धारणको प्रक्रिया भने चलिरहेको उनले उल्लेख गरे ।

समिति सभापति भरत बहादुर शाहले ठुला कम्पनीले कर छलि गरिरहदा कारवाही प्रक्रिया अघि नबढाउने हो भने त्यसले साना करदाता र समग्र कर असुलीलाई प्रभाव पार्ने भन्दै गम्भीर ध्यानाकर्षण गराए ।

एनसेल संगको लाभकर असुलीका सम्बन्धमा भईरहेको पहल बारे जानकारी लिन समितिले राजश्व सचिव ढुंङ्गानालाई बैठकमा बोलाएको हो । सिनर्जी प्रा लिले एनसेलको २० प्रतिशत शेयर बिक्री गर्दा २ अर्ब २९ करोड ४८ लाख ७० हजार कर छलि गरेको भन्दै ठूला करदाता कार्यालयले कर निर्धारण गर्न गरेको आदेशलाई सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण रोकिएको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।