अपि पावरको विद्युत बिक्री घटेपछि प्रतिशेयर आम्दानी खुम्चियो

Dec 11, 2018 Merolagani

अपि पावर कम्पनी (API) को अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा गत आर्थिक वर्षको खुद नाफा २३.८३ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष (२०७३/७४) ७ करोड ५० लाख खुद नाफा आर्जन गरेकोमा गत वर्ष (२०७४/७५) मा ५ करोड ७१ लाख खुद नाफा आर्जन गरेको छ।

कम्पनीले मंगलबार सार्वजनिक गरेको वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा समीक्षा अवधिमा एक करोड ७८ लाख रुपैयाँले घटेको हो।

अपिको विद्युत बिक्री मार्फत हुने आम्दानी घटेकाले तथा सञ्चालन खर्च बढेकाले कम्पनीको खुद नाफा घटेको हो । 

अघिल्लो वर्ष विद्युत बेचेर १३ करोड ८१ लाख ४२ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीको गत वर्ष यस्तो आम्दानी १२ करोड ७८ लाख २९ हजार रुपैयाँमा खुम्चिएको हो ।

चुक्ता पूँजी एक अर्ब १३ करोड ४० लाख रहेको कम्पनीको जगेडा कोषमा ६ करोड ६ लाख रुपैयाँ सञ्चित छ।

खुद नाफा घटेसँगै हाइड्रोको अघिल्लो वर्ष ७ रुपैयाँ १५ पैसा रहेको प्रतिशेयर आम्दानी रहेको गत वर्षमा ५ रुपैयाँ ४ पैसामा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ३५ पैसा र मूल्य आम्दानी अनुपात ५६.३५ गुणा छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।