मल्टीपर्पस फाइनान्सको हकप्रदलाई ग्रेड फाइभको रेटिङ्ग

Dec 12, 2018 Merolagani

मल्टीपर्पस फाइनान्स (MPFL) ले निष्काशन गर्न लागेको ३५ करोड ८५ लाख रुपैयाँ बराबरको हकप्रद शेयरले इक्रा नेपालबाट ग्रेड ५ को रेटिङ्ग पाएको छ । यसले कम्पनीको हकप्रद शेयरको अवस्था आधारभूत पक्षभन्दा अन्यन्त कमजोर रहेको देखाउँछ ।

कम्पनीको समग्र वित्तीय अवस्थाको आधारमा क्रेडिट रेटिङ्ग कम्पनीले प्रदान गर्ने गर्दछ हुन्छ ।

क्रेडिट रेटिङ्गले लगानीकर्ताहरुलाई जोखिम तथा प्रतिफल प्राथमिकताको आधारमा लगानी निर्णय लिनका लागि अत्यावश्यक जानकारी प्रदान गर्ने गर्दछ । तर, क्रेडिट रेटिङ्ग निष्काशनकर्ता कम्पनिको सर्वमान्य हुने किसिमको मुल्याङकन भने हैन ।

 

निष्काशनकर्ताको ऋण प्राप्ती कार्यक्रम मा निष्काशनको शर्तअनुसार निष्काशनकर्ताको ऋण भुक्तान गर्ने क्षमताका सम्बन्धमा निहित जोखिम बारेमा सरल र बुझन सकिने सांकेतिक सुचक को रुपमा क्रेडिट रेटिङ्ग संस्थाले दिएको राय नै क्रेडिट रेटिङ्ग हो ।

राष्ट्र बैंकको निर्देशन अनुरुप फाइनान्सले कायम गर्नुपर्ने न्यूनतम चुक्ता पूँजी कायम गर्न फाइनान्सले ८६४.४७ प्रतिशत हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डमा अनुमति मागेको छ । फाइनान्सको हकप्रद शेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटललाई नियुक्त गरेको छ ।

चार करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको चुक्ता पूँजी हकप्रद बिक्रीपछि ४० करोड रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मल्टिपर्पोजले ५ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ६० पैसा र नेटवर्थ १५१ रुपैयाँ २५ पैसा छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।