एप्पलले एक खर्ब डलर खर्चेर टेक्ससमा नयाँ मुख्यालय बनाउँदै

Dec 14, 2018 Merolagani

एप्पलले टेक्ससको अस्टिनमा आफ्नो दोस्रो संस्थागत मुख्यालय (क्याम्पस) बनाउने घोषणा गरेको छ । यसका लागि कम्पनीले १ अर्ब डलर लगानी गर्दैछ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले त्यहाँको सबैभन्दा ठूलो रोजगारदाता निजी कम्पनी बन्ने अपेक्षा राखेको छ ।

एक सय ३३ हेक्टर जमिनमा निर्माण गर्न लागिएको उक्त मुख्यालयमा सुरुमा ५ हजार कर्मचारी राखिनेछ । यद्यपि, यसमा १५ हजार कर्मचार समायोजन गर्न सकिने बताइएको छ ।

सो मुख्यालयमा इञ्जिनियरिङ, अनुसन्धान तथा विकास, र विक्री विभाग लगायतको भुमिका रहेनछ ।

यसका साथै कम्पनीले आगामी ३ बर्षभित्र सेटल, सान डिइगो र कल्भर सिटीमा पनि नयाँ कार्यालय स्थापना गर्ने योजना बनाएको छ ।

एप्पलले सन् २०२३ सम्म अमेरिकामा २० हजार नयाँ रोजगारी सिर्जना गर्ने प्रतिवद्धता जनाएको छ ।

अमेरिकाका इवा, उत्तर क्यारोलिना, एरिजोना र नभेडालगायत राज्यमा डाटा सेन्टर स्थापना गर्ने योजना पनि बनाएको छ । यसका लागि आगामी ५ वर्षभित्र थप १० अर्ब डलर खर्च गरिनेछ । यसमध्ये साढे ४ अर्ब डलर भने यो वर्ष र आगामी वर्ष लगानी गरिनेछ । बीबीसी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।