अपि पावरको पुस २४ गते वार्षिक साधारण सभा, ५% बोनस पारित गर्दै

Dec 18, 2018 Merolagani

अपि पावर कम्पनी (API) गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनश शेयर वितरण गर्नका लागि वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समिति बैठकले पुस २४ गते मंगलबार बिहान १० बजे कार्की ब्याक्वेट बबरमहलमा पन्ध्रौं वार्षिक साधारण सभा डाकेको हो ।

सभाले बोनस पारित गर्नुका साथै सञ्चालक समितिको संरचना परिवर्तन तथा निर्वाचन सम्बन्धमा पनि छलफल गर्ने एजेण्डा रहेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १५ देखि २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जसअनुसार पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।