बुटवल पावरले डाक्यो साधारण सभा, २८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्दै

Dec 20, 2018 Merolagani



बुटवल पावर कम्पनी (BPCL) ले २८ प्रतिशत लाभांश वितरण गर्नका लागि पुस २७ गते शुक्रबार बिहान १० बजे कार्की ब्याङ्क्वेट बबरमहल काठमाडौँमा २६ औँ वार्षिक साधारण सभाको आह्वान गरेको छ ।

सभामा कम्पनीले आफ्ना शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको १० प्रतिशत बोनस र १८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ६ गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ। जसअनुसार पुस ५ गते बिहीबारसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब २१ करोड रुपैयाँ छ । १० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४४ करोड रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक बर्षको प्रथम त्रैमासमा कम्पनीले १० करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६८ पैसा, प्रतिशेयर नेटवर्थ २९८ रुपैयाँ ११ पैसा र मूल्य आम्दानी अनुपात १०१.९२ गुणा बढी छ ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।