प्रभु लाइफको नयाँ जीवन बीमा “श्रीवृद्धि जीवन बीमा योजना” सार्वजनिक

Dec 20, 2018 Merolagani

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड (PLIL) ले आफ्नो नयाँ जीवन बीमा योजना “श्री वृद्धि जीवन बीमा योजना” सार्वजनिक गरेको छ। राजधानीको एक होटलमा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. आत्माराम घिमिरेबाट उक्त जीवन बीमा योजना सार्वजनिक गरिएको हो ।

कार्यक्रयमा डा.घिमिरेले प्रभु लाइफले यसै गरी जनमानसबीच उत्कृष्ट जीवन बीमा योजनाहरु ल्याउ्रँदै जाने कुरा बताए ।

कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने लगायत कम्पनीका व्यवस्थापन समूहका सदस्यहरु त्था विभिन्न संघ संस्थाहरुका महानुभावहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा लामिछानेले यो जीवन बीमा अत्यन्तै प्रभावकारी हुने जानकारी व्यक्त गरे।

ग्राहकहरुलाई यस जीवनवीमा बाट धेरै नै लाभ हुने कुरामा दुईमत नरहेको र कम्पनीको उत्कृष्ट जीवन बीमा योजनामा  जीवन वीमा योजना रहेको जानकारी गराए ।

उनले हाल बिभिन्न ४० शाखा तथा उपशाखा कार्यालयहरुबाट जीवन बीमा सेवाहरु उपलब्ध रहेको र आगामी दिनहरुमा कम्पनीले देशका सबै जिल्लाहरुमा आफ्नो सञ्जाल क्रमशः विस्तार गर्दै लैजाने लक्ष्य रहेको जानकारी गराउनुभयो ।

यस श्री वृद्धि  जीवन बीमा योजना अन्तर्गत बीमा रकममा प्रत्येक वर्ष ५ का दरले वृद्धि हुँदै जानेछ तर बीमा शुल्क (प्रिमियम) भने जीवन बीमा अवधि भरि नै एकैनास हुनेछ ।

मानौँ, १० लाख बराबरको २० वर्षे जीवन बीमा गर्दा पहिलो वर्ष नै १० लाखको रु. ५०,०००÷– ले वृद्घि हुन्छ । अनि २० वर्षमा बीमा रकम २० लाखको हुनेछ र बोनस सहित बीमितले बीमाङ्कको करिब ३ गुणा रकम एकमुष्ठ फिर्ता पाउनेछन् ।

टाइम भ्यालू अफ मनिको अवधारणालाई पूरा गर्ने उदेश्यले यस जीवन बीमा योजना ग्राहकहरु माझ सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन्। कम्पनीले केही समयभित्रै साठ्ठी करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।