गरिमा विकास बैंकको नयाँ शाखा नेपालगञ्जमा

Dec 28, 2018 Merolagani

गरिमा विकास बैंकले बाँकेको नेपालगञ्जमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमका बिच नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर जबराले बैंकको शाखाको औपचारिक सुरुवात गरेका हुन् ।

पुस ११ गते बुधबार मात्र बैंकले घोराही र धनगढीमा गरि २ शाखा बिस्तार गरेको थियो ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस गरिमा विकास बैंकको काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन ।

बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा शाखा खोल्ने जनाएको छ ।

पुस ११ गतेसम्ममा बैंकले २५ अर्ब ८५ करोड रुपैंया निक्षेप संकलन गरी २२ अर्ब ३० करोड रुपैंया कर्जा लगानी गरेको विज्ञप्तिमा उल्लेख छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।