शेयरमूल्य समायोजन हुने कम्पनीहरुमा ग्लोबल आइएमई बैंक, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, काबेली विकास बैंक, आरएसडीसी लघुवित्त, एनएमबि माइक्रोफाइनान्स र सिर्जना फाइनान्स रहेका छन् ।
ग्लोबल आइएमई बैंक (GBIME) को १६ प्रतिशत बोनस शेयर पश्चात आइतबार नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । बैंकको १६ प्रतिशत बोनसपछि बैंकको समायोजित शेयरमूल्य प्रतिकित्ता २७९ रुपैयाँ ३१ पैसा कायम भएको छ।
नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा बैंकको औसत आधार मूल्य ३३४ रुपैयाँ १६ पैसा निर्धारण भएको नेप्सेले जनाएको छ ।
फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स (FOWAD) को २५ प्रतिशत बोनस शेयर पश्चात मूल्य समायोजन भएको छ । लघुवित्तको बोनसपछि प्रतिकित्ता १४८७ रुपैयाँ २० पैसामा शेयरमूल्य समायोजन भएको हो ।
नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा लघुवित्तको औसत आधार मूल्य १२८१ रुपैयाँ ९४ पैसा कायम भएको छ ।
त्यसैगरि काबेली विकास बैंक (KEBL) को ३५ प्रतिशत बोनस पश्चात प्रतिकित्ता २४० रुपैयाँ ७४ पैसामा शेयरमूल्य समायोजन भएको छ । यस विकास बैंकको औसत आधार मूल्य ३६१ रुपैयाँ ८७ पैसा रहेको नेप्सेले जनाएको छ ।
आरएसडीसी लघुवित्त (RSDC) को १० प्रतिशत बोनस शेयरमा मूल्य समायोजन हुँदा प्रतिकित्ता समायोजित मूल्य ३९८ रुपैयाँ १८ पैसा कायम भएको छ । लघुवित्तको औसत आधार मूल्य ५८९ रुपैयाँ ७८ पैसा निर्धारण भएको छ ।
यसैगरी एनएमबि माइक्रोफाइनान्स (NMBMF) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १५ प्रतिशत बोनसको बुकक्लोजसँगै लघुवित्तको शेयर प्रतिकित्ता ११६१ रुपैयाँ ७४ पैसा निर्धारण गरिएको छ । नेप्सेले यस कम्पनीको नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा औसत आधार मूल्य १३०९ रुपैयाँ ३७ पैसा कायम गरेको छ ।
आइतबार नै सिर्जना फाइनान्स (SFFIL) को पनि शेयरमूल्य समायोजन भएको छ। फाइनान्सको १५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ । फाइनान्सको १५ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता २३२ रुपैयाँ १७ पैसा कायम भएको छ ।
नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा फाइनान्सको आधार मूल्य २८० रुपैयाँ ९ पैसा निर्धारण भएको छ ।
आइतबार ६ वटै कम्पनीको शेयर कारोबार नेप्सेले समायोजन गरेको शेयरमूल्यका आधारमा खुलेको हो ।