सहारा विकास बैंक पनि विद्युतीय चेक क्लियरिङ्ग प्रणालीमा

Jan 04, 2019 Merolagani

सहारा विकास बैंक लिमिटेड(SHBL) र नेपाल क्लियरिङ्ग हाउस बीच विद्युतीय चेक क्लियरिङ्ग प्रणाली र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीसेवा सम्बन्धि सम्झौता भएको छ । बैंक वित्तीय संस्थाहरुलाई नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको विभिन्न भुक्तानी प्रणालीहरुमा आवद्ध गराउँदै लैजाने क्रममा सहारा विकास बैंक पनि आवद्ध गराएको हो ।

उक्त सम्झौतामा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र सहारा विकास बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत बिनय कुमार शाहले हस्ताक्षर गरेका छन् । 

बैंकले आवद्ध भएका भुक्तानी प्रणालीहरुको सेवा चरणबद्ध रुपमा आफ्ना ग्राहकहरुलाई उपलब्ध गराउने छ । पहिलो चरणमा आफ्ना ग्राहकहरुको चेकबाट हुुने कारोवारहरुलाई राफसाफ गराउने उदेश्यका साथ आजबाट विद्युतीय चेक क्लियरिङ्ग प्रणाली को सेवा शुरु गरीएको छ ।

नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले विभिन्न राष्ट्रिय स्तरका भुक्तानी प्रणालीहरु स्थापना र सञ्चालन गर्ने उद्देश्य लिएको छ । हालसम्म विद्युतीय माध्यमबाट चेकको राफसाफ गर्ने प्रणालीको लागि अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली र अनलाईन मार्फत विद्युतीय भुक्तानी गर्ने कनेक्ट आईपिएस प्रणाली लागू गरी सञ्चालन गर्दै आएको छ ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग भएको यो सम्झौतासँगै विद्युतीय चेक क्लियरिङ्ग प्रणाली संचालनमा रहने बैंक/वित्तीय संस्थाहरुको संख्या ८० पुगेको छ । नेपाल क्लियरिङ्ग हाउसले उक्त प्रणाली मार्फत बैंक तथा वित्तीय संस्थाहरुका ४,४७८ शाखाहरुबाट खिचिएका चेकहरु राफसाफ गराउँदै आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।