शिवम् सिमेन्टको “लक्ष्मी हातमा देवदर्शन शिवम्को साथमा” को पहिलो चरणको लक्की–ड्र सम्पन्न

Jan 06, 2019 Merolagani

नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा सञ्चालित “लक्ष्मी हातमा देव दर्शन शिवमकाे साथमा” उपभोक्ता योजना अन्तर्गतको हेलिकप्टरबाट काठमाण्डौं–गोसाईकुण्ड–काठमाण्डौं, देव दर्शन यात्राको पहिलो चरण अन्तर्गत ६० भाग्यशाली कुपन विजेता मार्फत १२० जना विजेताहरुको नाम लक्की–ड्र मार्फत पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ ।

शिवम् सिमेन्टले यहि पुस ५ गते देखी “लक्ष्मी हातमा देव दर्शन शिवमकाे साथमा” नामक उपभोक्ता योजना सार्वजनिक गरेको थियो जस अन्तर्गत प्रत्येक १० बोराको खरिदमा स्क्रयाच कुपन प्राप्त गरि हात खाली नहुने उपहार रु.१०० देखि १००० सम्म नगद र २.५० ग्राम देखि १० ग्राम सम्मको सुन समावेस गरिएको थियो भने सोहि कुपनको अर्धकट्टीमा नाम, नम्बर र ठेगाना लेखि काठमाडौं–गोसाईकुण्ड-काठमाडौं हेलिकप्टर यात्राको लागि लक्की–ड्र मा भाग लिन सकिने व्यवस्था मिलाएको थियो । यस योजनाको छोटो समयमै ग्राहक महानुभावहरुले उल्लेख्य संख्यामा सहभागिता जनाएको कम्पनीले जनाएको छ । 

नेपाल राज्य भरबाट संकलित सो अर्धकट्टीहरु मध्येबाट प्रथम चरणको लक्की-ड्र पत्रकार सम्मेलन गरी ६० जना भाग्यशाली विजेताहरुको नाम सार्वजनिक गरिएको थियो। जसमध्ये प्रत्येक कुपन वापत २ जना विजेता गरि १२० जनाले हेलिकप्टरबाट गोसाईकुण्ड जान सक्नेछन् ।

छोटो समयमा उत्साह जनक रुपमा सहभागिता जनाई यस योजनालाई सफल पार्न सहयोग गरेकामा शिवम् सिमेन्टस् परिवार सम्पूर्ण ग्राहक वर्गहरुलाई हार्दिक धन्यवाद दिँदै अझै यस योजना अन्तर्गत हात खाली नजाने (Sure Shot) पुरस्कारमा करोडौंको नगद उपहार तथा सयौं तोला सुनका साथै लक्की ड्रमा प्रत्येक भाग्यशाली विजेता कुपन मार्फत २ जना गरी ३६२ जनाका लागि हेलिकप्टरबाट गोसाइकुण्ड देवदर्शन यात्रा जित्ने मौका बाँकी रहेको कम्पनीले जनाएको छ ।

शिवम् सिमेन्ट लिमिटेडले No Compromise को नारा सहितविभिन्न क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापनएवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्तो क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपिसी सिमेन्ट हो ।

सन् २००९ मा नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवमप्लस सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

“गुण्स्तरको पहिचानहो शिवम्”, “गुण्स्तरमा कहिल्यै सम्झौतान गरौँ”, Quality को मामलामा No Compromise, तथा“अटुट COMPRESSIVE STRENGT” जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय बिक्रीवितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।

उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट राष्ट्रिय गौरवका प्रमुख योजनाहरुमा आफ्नो योगदान दिन सफलभएको छ, जस्तै : काठमाडौं चक्रपथ विस्तार परियोजना, नेपाली सेनाको सिभिल तथा भेट्रान्स हस्पिटल भवन निर्माण परियोजना, विभिन्न हाइड्रोपावर, पुल एवम् टनेल निर्माण प्रोजेक्टहरु इत्यादी । ISO: 9001, ISO:14001, OHSAS:18001, ISI, URS प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवातथा सुविधा दिदैँ आएको छ ।

यस्ता छन् विजेता:-

लक्की-ड्र मार्फत ६० जनाकाे प्रत्येक कुपन वापत २ जना विजेता गरि १२० जनाले हेलिकप्टरबाट गोसाईकुण्ड जान सक्नेछन् ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।