न्यून रेटिङ गरेका कम्पनीले आईपिओ जारी गर्न नपाउने, आईपिओ र एफपीओमा पनि नयाँ नियम

Jan 09, 2019 mewrolagani



धितोपत्रबोर्डले पूँजी बजार सुधारकोलागि पहल कदम चालेको छ। बोर्डले पूँजीबजार सुधार र बिस्तारका लागि आवश्यक पर्ने नीति नियम संसोधन गरी कार्यान्यवनमा लगेको हो ।धितोपत्र बोर्डले कमजोर रेटिङ भएका कम्पनीहरूले आइपीओ जारी गर्न नपाउने व्यवस्था गरेको छ। रेटिङ संस्थाबाट न्यून ग्रेड वा रेटिङ गरेका कम्पनीले सार्वजनीक निष्काशन गर्न अब पाउने छैनन् ।

अब देखि न्यूनरेटिङ भन्दा एक स्तर माथिको रेटिङ प्राप्त गरेका कम्पनीले मात्र आइपीओ जारी गर्न सक्ने बोर्डले जानकारी गराएको छ ।

कम्पनीहरूले ऋणपत्र जारी गर्दा कम्तिमा ४०% प्राकृतिक व्यक्ति अर्थात सर्वसाधारणलाई छुट्याउनुपर्ने व्यवस्था गरेको छ । कुनै पनि कम्पनीको न्यूनतम भन्दा एक स्तर माथिको रेटिङ प्राप्त कम्पनीले पनि आइपीओ जारी गर्दा सबै शेयरको प्रत्याभूति गर्नुपर्ने व्यवस्था छ । यसअघि सबैभन्दा न्यून रेटिङ प्राप्त गरेको आइपीओमा मात्र सम्पूर्ण शेयरको प्रत्याभूति गर्नुपर्ने व्यवस्था रहेको थियो ।

आइपीओको प्रिमियम निर्धारण गर्दा अब नेटवर्थको दुई गुणासम्म कायम गर्न सकिने व्यवस्था बोर्डले गरेको छ । यसअघि नेटवर्थको चार गुणासम्म भाउ राखेर आइपिओ शेयर जारी गर्न पाइने व्यवस्था थियो । जसका कारण अब देखि एफपिओ खरिद गर्दा सस्तो मूल्यमा खरिद गर्न सकिने भएको हो ।

कम्पनीहरूले एफपीओको प्रिमियम भाउ पनि प्रतिशेयर नेटवर्थ भन्दा बढी हुने छैन् । यसअघि नेटवर्थको चार गुणासम्म बढी भाउ राखेर एफपीओ जारी गर्न सक्ने व्यवस्था रेहको थियो ।

हेर्नुहाेस बाेर्डकाे नयाँ नियम




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।