एलजीको नाफामा भारी गिरावट

Jan 09, 2019 agency

विश्वको दोस्रो ठूलो टिभी कम्पनी एलजी इलेक्ट्रोनिक्सले सन् २०१८ को तेस्रो त्रैमासमा आफ्नो नाफा ८० प्रतिशतले घट्ने बताएको छ । दक्षिण कोरियाली कम्पनीले मंगलबार उक्त अनुमान गरेको हो । जस अनुसार अघिल्लो त्रैमासको मुनाफा ६.७० करोड डलर पुग्ने अनुमान गरिएको छ ।

बजार  विश्लेषकहरूको अनुमान विपरीत एलजीको नाफामा उल्लेख्य कमी आउने प्रक्षेपण गरिएको हो । विश्लेषकहरूले ३४ करोड डलरको प्रक्षेपण गरेका थिए ।

एलजीले गतवर्षको अक्टोबरदेखि डिसेम्बरसम्ममा ७५ अर्ब ३० करोड नाफा हुने प्रक्षेपण गरेको छ । यसअघि अर्थविद्हरूले भने यो आकार ३ खर्ब ८७ अर्ब वन रहने बताएका थिए ।

कम्पनीको आम्दानी पनि ७ प्रतिशत कमजोर बन्दै १ सय ५८ खर्ब वनमा झर्ने बताएको छ । बिश्लेषकहरूले सोही अवधिमा १ सय ६३ खर्ब वन आम्दानी हुने अनुमान गरेका थिए । कम्पनीले यस विषयमा थप जानकारी भने दिएको छैन । जनवरीको अन्तिमसम्ममा कम्पनीले आफ्नो पूर्ण नतिजा सार्वजनिक गर्दै छ ।

विश्लेषकहरूका अनुसार नयाँ स्मार्टफोनको मार्केटिङ खर्च र बर्षको अन्त्यमा बोनस दिएका कारण एलजीको कमाई घट्न सक्नेछ । गत बर्ष जुन महिनासम्म ग्लोबल स्मार्टफोन मार्केटमा एलजीको ३ प्रतिशत शेयर थियो ।

एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।