आशुतोष ब्रोकरेज एन्ड सेक्युरिटिजको सदस्यता निलम्बन फुकुवा, आपसी युद्धले समस्या

Jan 09, 2019 Merolagani

नेपाल स्टक एक्सचेन्जले धितोपत्र दलाल कम्पनी आशुतोष ब्रोकरेज एन्ड सेक्युरिटिज (दलाल सदस्य ८) को सदस्यता निलम्बन फुकुवा गरेको छ । दलाल कम्पनीलाई कर्जा सूचना केन्द्रले कालो सूचीवाट हटाएपछि नेप्सेले निलम्बन फुकुवा गरेको हो ।

धितोपत्र बोर्डले पुस २२ गते देखि आशुतोष कालो सूचीमा नरहेको विषय नेप्सेलाई अवगत गराए पछि आज पुस २५ गते देखि नै लागु हुने गरी निलम्बन फुकुवा गरिएको हो । अब आशुतोषले नियमित धितोपत्र कारोबार गर्न सक्छ ।

नेप्सेले आशुतोषका संचालकहरु कर्जा सूचना केन्द्रको कालो सूचीमा समावेश भएको भन्दै पुस ८ गतेदेखि निलम्बन गरेको थियो । सोपश्चात उक्त कम्पनी नियमित शेयर कारोबार गराउनबाट बञ्चित भएको थियो ।

नेप्सेले धितोपत्र दलाल धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली २०६४ को नियम १८ अनुसार सदस्यता निलम्बन गरेको थियो ।

नेप्सेले कम्पनीलाई निलम्बनमा पर्नुको कारण सहित सात दिने स्पष्टीकरण मागेको थियो ।

जानकारी अनुसार आशुतोष ब्रोकरेज र सुमेरु सेक्युरिटिजका बिचमा चलेको लेनदेनको विवादले उग्ररुप लिए पछि दुई दलाल व्यवशायी एकले अर्कोलाई ठिक पार्ने दौडमा उत्रिएका थिए ।

सहकारीतर्फको कर्जा मिलानको विवाद तथा शेयर कारोबार पश्चात रकम भुक्तानीको विवाद चुलिए पछि सुमेरु कर्जा सूचना केन्द्रका साथै राष्ट्र बैंकको शरणमा गएको थियो भने आशुतोष धितोपत्र बोर्ड पुगेको थियो ।

दुवै दलालहरु एक आपसमा पैसा असुल्ने क्रममा शेयर कारोबारको विषय गौंणमा पर्यो भने बैंक तथा वित्तीय संस्थासँगको कारोबारको विषय कर्जा सूचना केन्द्रमा पुगे पछि आशुतोष कालोसूचीमा परेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।