जिएमआर कम्पनीलाई हटाएर माथिल्लो कर्णाली सरकारले निर्माण गर्नुपर्ने

Jan 12, 2019 Merolagani

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशको बैठकले माथिल्लो कर्णाली जलविद्युत् आयोजना सरकार स्वयंले निर्माण गर्नुपर्ने माग राखेको छ। पार्टी एकीकरणपछि पहिलो पटक बसेको सो बैठकले सार्वजनिक महत्वका आठ विशेष प्रस्ताव पारित गर्दै माथिल्लो कर्णालीमा जिएमआर कम्पनीलाई निरन्तरता दिन नहुने निर्णय गरेको हो।

प्रदेश अध्यक्ष कर्ण थापाका अनुसार बैठकले पश्चिम सेतीको काम तत्काल अगाडि बढाउन समेत माग गरेको छ।

प्रदेश कमिटीका सदस्यलाई शपथसमेत गराइएको सो बैठकमा प्रदेश इञ्चार्ज तथा स्थायी समिति सदस्य भीमबहादुर रावल र स्थायी समिति सदस्य लेखराज भट्टले जनअपेक्षानुरुप पार्टीले तल्लो तहसम्म भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।

बैठकले सुदूरपश्चिम प्रदेश ऐतिहासिक रुपमा शोषणमा परेको तथ्यलाई स्मरण गराउँदै साधन, स्रोत र अवसरमा पहुँचका लागि केन्द्र सरकारसँग विशेष व्यवस्था गर्न माग गरेको छ ।

“बैठकले अन्तर्राष्ट्रिय व्यापार, पर्यटन तथा संस्कृतिको केन्द्र बन्ने सम्भावना रहेको सुदूरपश्चिम प्रदेशलाई चीन र भारतसँग जोड्ने अन्तर्राष्ट्रिय नाका तथा उत्तरी सीमातर्फका सम्भावित नाका खोल्ने एवं स्तरोन्नति गर्ने कार्य तदारुकताका साथ अघि बढाउन माग गर्ने निर्णय गरेको छ”, अध्यक्ष थापाले भने ।

उनका अनुसार प्रदेशको दक्षिणतर्फ भारतसँग जोडिएको सीमा क्षेत्रको उचित व्यवस्थापन हुन नसक्दा सीमा क्षेत्रका जनता सधैें त्रासमा रहनुपर्ने अवस्था विद्यमान रहेकाले सङ्घ तथा प्रदेश सरकारबाट एउटा समय सीमा तोकी व्यवस्थित र वैज्ञानिक बनाउन विशेष कार्यक्रम सञ्चालन गरिनुपर्ने बैठकले निर्णय गरेको छ ।

यसैगरी गरीब, सीमान्तकृत, मजदूर, सुकुम्बासी किसानलगायत जनताका लागि विशेषाधिकारको नीति अबलम्बन गर्न र महिलामाथि हिंसा अन्त्य गर्न स्थानीय तह लक्षित हुने गरी ‘महिला हिंसाविरुद्ध प्रादेशिक अभियान’ तथा सबै तहमा कानुनी साक्षरतासहितको न्यायिक संरचना स्थापनाका लागि माग गरिएको छ ।

विशेष प्रस्ताव पारितसँगै बैठकले आगामी माघ २० गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा अगुवा कार्यकर्ता भेलागर्ने निर्णयसमेत गरेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।