सनराइज क्यापिटलको २० प्रतिशत नगद लाभांश पारित

Jan 14, 2019 Merolagani



सनराइज क्यापिटल लिमिटेडको पुस २८ गते शनिबार सम्पन्न भएको आठाैं वार्षिक साधारण सभाले आ.व. २०७४/०७५ को मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

सञ्चालक समितिले सिफारिस गरे बमोजिम साधारण सभामा अध्यक्षद्धारा प्रस्तुत आ.न.२०७४/०७५ को बार्षिक प्रतिवेदन, लेखा परिक्षकका प्रतिवेदन पारित गर्नुका साथै आ.व. २०७५/०७६ को लेखा परिक्षकका लागि लेखा परिक्षकमा वसौला एण्ड एशोसिएटस्लाई नियुक्त गरेको छ । 

कम्पनीको त्यस सभाले आफ्नो नियमावली संशोधन गरी २ स्वतन्त्र सञ्चालक सहित कुल ६ जनाको सञ्चालक समिति कायम गर्ने निर्णय गरेको छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।