सनराइज क्यापिटलको २० प्रतिशत नगद लाभांश पारित

Jan 14, 2019 Merolagani



सनराइज क्यापिटल लिमिटेडको पुस २८ गते शनिबार सम्पन्न भएको आठाैं वार्षिक साधारण सभाले आ.व. २०७४/०७५ को मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

सञ्चालक समितिले सिफारिस गरे बमोजिम साधारण सभामा अध्यक्षद्धारा प्रस्तुत आ.न.२०७४/०७५ को बार्षिक प्रतिवेदन, लेखा परिक्षकका प्रतिवेदन पारित गर्नुका साथै आ.व. २०७५/०७६ को लेखा परिक्षकका लागि लेखा परिक्षकमा वसौला एण्ड एशोसिएटस्लाई नियुक्त गरेको छ । 

कम्पनीको त्यस सभाले आफ्नो नियमावली संशोधन गरी २ स्वतन्त्र सञ्चालक सहित कुल ६ जनाको सञ्चालक समिति कायम गर्ने निर्णय गरेको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।