सिन्धु विकास बैंकको नवौं साधारण सभा सम्पन्न, सञ्चालक निर्विरोध निर्वाचित

Jan 15, 2019 Merolagani

सिन्धु विकास बैंक लिमिटेड (SINDU) काे पुस २८ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले संस्थापक शेयरधनी समुहतर्फको सञ्चालकहरुमा राजेन्द्र कुमार श्रेष्ठ, श्रीमती निभा डंगोल श्रेष्ठ र कर्मचारी सञ्चयकोष निर्विरोध निर्वाचित भएका छन् ।

साथै मिति २०७५ पौष २९ गते बसेको सञ्चालक समितिको २३९ औं बैठकले बैंकको अध्यक्ष पदमा राजेन्द्र कुमार श्रेष्ठलाई निर्बिरोध चयन गरेको छ ।

उक्त साधारण सभाले आ.व. ०७४/०७५ को वार्षिक प्रतिवेदन लगाएत विभिन्न प्रस्तावहरु पारित गरेको छ । हाल सम्म बैंकले २ अर्ब भन्दा बढी निक्षेप संकलन गरी २ अर्ब ८० करोड भन्दा बढी कर्जा प्रवाह गरेको छ ।

सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित बैंकले न्युनतम ब्याजदरमा सर्वसुलभ तरिकाले गुणस्तरीय सेवा प्रदान गर्नुका साथै निशुल्क अन्तर बैंक बैंकिङ्ग (एबिबिएस) लगायत सम्पुर्ण बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आईरको छ ।

वि.सं.०६७ साल भाद्र २२ गतेबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय र बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिंगटी र जलबिरेमा गरी १३ वटा शाखाहरु लगाएत सुकुटे र सिलढुङ्गा सिमिति बैंकिङ इकाईहरु गरी १५ स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।