सञ्चय कोष र ऋणदाता संस्थाका कर्मचारीलाई तामाकोशीको शेयर डिम्याट गर्न आग्रह

Jan 16, 2019 Merolagani



अपर तामाकोशी हाइड्रोपावर कम्पनी (UPPER) ले पहिलो चरणमा बाँडफाँड भएको दुई करोड ५४ लाख १६ हजार कित्ता साधारण शेयर अभौतिकिकरण (डिम्याट) गर्न आग्रह गरेको छ ।

हाइड्रोपावार कम्पनील उक्त शेयरहरु कर्मचारी सञ्चयकोष, कम्पनीलाई ऋण प्रदान गर्ने संस्थाका कर्मचारीहरु, कम्पनी तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुलाई सूचना जारी गर्दै साे अनुरोध गरेको हो । 

सो समयमा कम्पनीले कागजी प्रमाणपत्र नै वितरण गरेकाले हितग्राही खातामा शेयर पठाउनका लागि सम्बन्धित सबैका लागि अभौतिककरण गराउन भनेको हो । हाल दोस्रो बजारमा अभौतिक शेयर मात्र कारोबार हुँदै आएकाले शेयर खरिद बिक्री गर्न शेयर डिम्याट गर्नु अनिवार्य हुन्छ ।

शेयरधनीले नेपाल क्लियरिङ्ग हाउसबाट सदस्यता प्राप्त नजिकैको निक्षेप सदस्य तथा अपर तामाकोशी हाइड्रोपावारको शेयर रजिष्ट्रार सनराईज क्यापिटलमा हितग्राही खाता खोलेर उक्त शेयर अभौतिकिरण गराउन सक्नेछन् ।

कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणमा जारी गरेको एक करोड ५८ लाख कित्ता शेयर भने लगानीकर्ताको खातामा पठाएर पुस २९ गतेदेखि कारोबार सुचारु भैसकेको छ । तामाकोशीको शेयर माघ १ गते प्रतिकित्ता २५८ रुपैयाँमा कारोबार भएको छ ।

यस्तो छ कम्पनीले जारी गरेको सूचना




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।