सञ्चय कोष र ऋणदाता संस्थाका कर्मचारीलाई तामाकोशीको शेयर डिम्याट गर्न आग्रह

Jan 16, 2019 Merolagani



अपर तामाकोशी हाइड्रोपावर कम्पनी (UPPER) ले पहिलो चरणमा बाँडफाँड भएको दुई करोड ५४ लाख १६ हजार कित्ता साधारण शेयर अभौतिकिकरण (डिम्याट) गर्न आग्रह गरेको छ ।

हाइड्रोपावार कम्पनील उक्त शेयरहरु कर्मचारी सञ्चयकोष, कम्पनीलाई ऋण प्रदान गर्ने संस्थाका कर्मचारीहरु, कम्पनी तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुलाई सूचना जारी गर्दै साे अनुरोध गरेको हो । 

सो समयमा कम्पनीले कागजी प्रमाणपत्र नै वितरण गरेकाले हितग्राही खातामा शेयर पठाउनका लागि सम्बन्धित सबैका लागि अभौतिककरण गराउन भनेको हो । हाल दोस्रो बजारमा अभौतिक शेयर मात्र कारोबार हुँदै आएकाले शेयर खरिद बिक्री गर्न शेयर डिम्याट गर्नु अनिवार्य हुन्छ ।

शेयरधनीले नेपाल क्लियरिङ्ग हाउसबाट सदस्यता प्राप्त नजिकैको निक्षेप सदस्य तथा अपर तामाकोशी हाइड्रोपावारको शेयर रजिष्ट्रार सनराईज क्यापिटलमा हितग्राही खाता खोलेर उक्त शेयर अभौतिकिरण गराउन सक्नेछन् ।

कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणमा जारी गरेको एक करोड ५८ लाख कित्ता शेयर भने लगानीकर्ताको खातामा पठाएर पुस २९ गतेदेखि कारोबार सुचारु भैसकेको छ । तामाकोशीको शेयर माघ १ गते प्रतिकित्ता २५८ रुपैयाँमा कारोबार भएको छ ।

यस्तो छ कम्पनीले जारी गरेको सूचना




सेयर बजारमा १० लाखको कारोबारदेखि ग्राहकको वास्तविक धनीसम्म निगरानी, सेबोनको नयाँ निर्देशन लागू

Oct 16, 2026 05:35 PM

सेयर बजारमार्फत हुने सम्पत्ति शुद्धीकरण र आतंककारी गतिविधिमा वित्तीय लगानी रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमनको दायरा थप कसिलो बनाएको छ।