पुनः गल्ति नदाहोर्याउन सचेत गराउँदै साल्ट ट्रेडिङ्गको सूचीकरण स्थगन फुकुवा

Jan 23, 2019 Merolagani

नेपाल स्टक एक्सचेञ्जले माघ ९ गते साल्ट ट्रेडिङ्ग कर्पोरेशनको धितोपत्र सूचीकरण स्थगन फुकुवा गरेको छ। धितोपत्र बजारमूल्यलाई प्रभाव पार्ने सूचना समयमा नै उपलब्ध नगराएको भन्दै नेप्सेले सो कम्पनीको पुस ३० गते सूचीकरण स्थगन गरेको थियो।

साल्ट टेडिङ्ग कर्पोरेशनले पेश गरेको स्पष्टिकरण संतोषजनक नदेखिएपनि लगानीकर्ताको हितलाईन ध्यान दिँदै सचेत गराएर धितोपत्र स्थगत फुकुवा गरेको नेप्सेले जनाएको छ।

साथै धितोपत्र व्यवस्था सम्बन्धी सम्पूर्ण प्रावधान पालन गर्न र आम लगानीकर्ताले यस्ता सूचना प्रभावकारी रुपमा पाउने अधिकार चुस्त र दुरुस्त राख्न समेत नेप्सेले निर्देशन दिएको छ ।

धितोपत्र सम्बन्धी ऐन तथा प्रचलित कानूनी व्यवस्थाहरु तोकिए बमोजिम गर्न र यस्ता गल्ति नदोहोर्याउन नप्सेले कम्पनीलाई सचेत समेत गराएको छ ।

नेप्सेले धितोपत्रको बजारमूल्यमा प्रभाव पार्ने सूचना सम्प्रेषण गर्दा नेप्से र सम्बन्धित कम्पनीबीच भएको सूचीकरण सम्झौता नियम विपरितको कार्य गरेको भन्दै सूचीकरण स्थगन गरेको थियो ।

कम्पनीले सञ्चालक समितिको बैठक बसेर गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेर लामो समयसम्म सार्वजनिक गरेको थिएन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।