लिलामी: प्रतिशेयर आम्दानी ५० पैसा र बजारमूल्य १०२ रुपैयाँ रहेको शेयर कतिमा कबोल्ने ?

Jan 24, 2019 Merolagani

बेष्ट फाइनान्स कम्पनीले लिलामीमा ल्याएको शेयरमा शिलबन्दी बोलपत्र पेश गर्ने बिहीबार अन्तिम दिन रहेको छ। कम्पनीले आफूमा विलय गराएको साविकको सिनर्जी फाइनान्सको हकप्रदमा अवितरित ८ लाख ५ हजार ८४ कित्ता शेयर पुस ११ गतेदेखि लिलामीमा ल्याएको थियो ।

लिलामीमा ल्याएको शेयरमध्ये ५ लाख ५७ हजार ७७४.५७ कित्ता संस्थापक र २ लाख ५ हजार ८४.४७ कित्ता सर्वसाधारण तर्फको रहेकाे छ।

इच्छुक लगानीकर्ताले आज कार्यालय समयभित्र बोलपत्र पेश गर्न सक्नेछन् । प्रभु क्यापिटल, कमलादी काठमाडौं, बेष्ट फाइनान्सका केन्द्रिय कार्यालय सहित बुटवल, नेपालगञ्ज, कपिलवस्तु, नवलपरासी, दाङ र पोखराका शाखा कार्यालयहरुवाट आवेदन फाराम लिई बुझाउन सकिन्छ ।

त्यस्तै प्रभु बैंकको आदर्शनगर विरगञ्ज, जलजलाचोक विराटनगर, विरेन्द्रनगर सुर्खेत र गोदावरी रोड धनगढी शाखाबाट पनि आवेदन बुझाउन सकिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

साबिकको सिनर्जी फाइनान्सले गत असार २५ गते देखि चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । कूल ११ लाख ८६ हजार २२.४७ कित्ता हकप्रद निष्काशन गरेकोमा ३ लाख ८० हजार ९३८ कित्ताका मात्र बिक्री भएपछि बाँकी शेयर लिलामीमा ल्याएको हो ।

बेष्ट (BFC) को शेयर कारोबार १०२ रूपैयाँमा कारोबार भएको छ । ८१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा प्रतिशेयर आम्दानी ५० पैसा छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।