ग्रामिण विकास लघुवित्तले लाभांश नदिने

Jan 28, 2019 Merolagani

बुटवलको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था (GBLBS) ले शेयरधनीलाई लाभांश नदिने भएको छ। आर्थिक वर्ष २०७४/७५ मा मर्जरको बेला कायम रहेको सञ्चित नोक्सानीको अंश पूरा नभएकाले लाभांश नदिने भएको हो। कम्पनीले बिना लाभांश शनिबार चाैथाे वार्षिक साधारण सभा सम्पन्न गरेकाे छ।

नेपाल सरकार, नेपाल राष्ट्र र सर्वसाधारणको समेतको लगानी रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले शनिबार चौथो वाषिर्क साधारण सभा सम्पन्न गरेको हो ।

“शेयरधनी सदस्यलाई लगानीको उचित प्रतिफल दिनुपर्छ भन्ने विषयमा संस्थाको सञ्चालक समिति र व्यवस्थापन सदैव प्रतिबद्ध तर सञ्चित नोक्सानी कम हुँदै गए पनि पूरा नभएकाले लाभांश दिन सकिएको छैन,” संस्थाका अध्यक्ष मणिकरत्न शाक्यले भने । 

संस्थाले २०७४/७५ को आषाढ मसान्तसम्म १६ करोड ३ लाख १० हजार खुद नाफा आर्जन गरेको छ । कम्पनीले देशका ५७ जिल्लामा १८८ वटा इलाका/शाखा कार्यालय मार्फत लघुकर्जा तथा बचतको माध्यमबाट लघुवित्त सेवा पुर्याउँदै आएको छ।

सो अवधिमा लगानीमा रहेको बाँकी कर्जा ८ अर्ब ६६ कराेड र बचत परिचालन २ अर्ब ७४ कराेड रहेको बताउँदै अध्यक्ष शाक्यले समीक्षा अवधिमा गत वर्षको तुलनामा मुनाफामा १२.६५ प्रतिशत, लगानीमा रहेको बाँकी कर्जामा १२.१५ प्रतिशत र बचत परिचालनमा २१.६७ प्रतिशतले वृद्धि भएको विवरण पेश गरे।

उनले संस्थाको पूँजी वृद्धिका लागि पचास प्रतिशत हकप्रद शेयर जारी गर्ने कार्य अघि बढाइएको उल्लेख गर्दै हकप्रद शेयर जारीपछि चुक्ता पूँजी ९८ करोड २५ लाख रूपैयाँ पुग्ने बताए । संस्थाको चुक्ता पूँजी ६५ करोड ५० लाख रूपैयाँ रहेको छ ।

आन्तरिक राजश्व कार्यालय बुटवलका कर अधिकृत अर्जुन ढकालले लगानीकर्तालाई लक्ष्य निर्धारण गरेर प्रतिफल दिन आग्रह गर्दै प्रशासनिक खर्च बढी भएकामा चिन्ता व्यक्त गरे । शेयरधनी कमल तिवारीले लगानीकर्ताले जहिले पनि बोनसको आशा राख्ने उल्लेख गर्दै संस्थाले उत्पादनमूलक क्षेत्रमा लगानी गरेको नदेखिएको बताए ।

शेयरधनी अम्बिकादेवी अमात्यले प्रतिफल दिन नसक्नु दुःखद विषय भएको बताए । संस्था मर्जर हुँदाको समयमा कूल ७६ करोड ६१ लख १५ हजार रूपैयाँ सञ्चित नोक्सानी रहेकामा मर्जपछि २०७५ साल असारसम्म संस्थाको कूल सञ्चित नोक्सानी २५ करोड २६ लाख ४४ हजार रूपैयाँमा सीमित हुन आएको छ । गत वर्षको तुलनामा मुनाफामा १२.६५ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै सभाले संस्थाको सर्वसाधारण समूहतर्फको रिक्त सञ्चालक पदमा सुशील कुमार थापालाई निर्वाचित गरेको छ ।

गत आश्विन ५ गते सम्पन्न भएको संस्थाको विशेष साधारणसभाको निर्णय अनुसार पचास प्रतिशत अर्थात २ शेयर बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर जारी गरी पूँजीको आधार थप मजबुत बनाउन लागेको जनाएकाे छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।