सहमतिपछि वाणिज्य बैंकहरुले बढाए संस्थागत निक्षेपको ब्याज, कुनमा कति ?

Feb 04, 2019 Merolagani



बैंकर्स संघले नवीकरणीय निक्षेपमा ब्याज बढाउन गरेको सहमति पश्चात झण्डै दुई दर्जन वाणिज्य बैंकहरुले संस्थागत निक्षेपको ब्याज दर वृद्धि गरेका छन्। केहि बैंकहरुले निक्षेप नवीकरण गर्दा ब्याजदर बढाउन थालेपछि संघको बैठकले औपचारिक रुपमै ब्याजदर बढाउने सहमति गरेको थियो ।

लगानीयोग्य रकमको अभाव झेलिरहेका बैंकहरुबीच बढी ब्याज दिएर निक्षेप तान्ने प्रतिस्पर्धा चल्दै आएको थियो। त्यस्तै कर्जा–पुँजी निक्षेप अनुपात ८० प्रतिशत पुगेका बैंकहरुलाई निक्षेप जोगाउने चुनौती समेत थपिएपछि संघले ब्याजदर बढाउन पाउने निर्णय गरेको हो । 

 

ब्याजदर बढाउने सहमति भएकै भोलिपल्ट झण्डै दुई दजर्न वाणिज्य बैंकहरुले संस्थागत निक्षेपको ब्याजदर बढाएर सूचना प्रकाशित गरेका छन्। नयाँ ब्याजदर सार्वजनिक गरी बैंकहरुले संस्थागत निक्षेपको नवीकरण गर्दा ०.१ प्रतिशतसम्म ब्याज बढाउन सकिने बताएका छन् ।

बैंकर्स संघको सहमति अनुसार संस्थागत निक्षेपकर्तालाई ८.५ प्रतिशतमाथि दिने ब्याज दिन पाइने छैन्। तर निक्षेपको नवीकरण गर्दा ०.१ प्रतिशत थप गर्न सकिने छ। जस अनुसार अधिकांश बैंकहरुले ८.६ प्रतिशत ब्याजदर उपलब्ध गराउने जनाएका छन्। बैंकहरुले प्रकाशित दरमा एक प्रतिशतसम्म ब्याजदर थप गर्न सक्ने हुँदा बैंकहरुले अब नवीकरण हुने संस्थागत निक्षेपमा ९.६ प्रतिशतसम्म ब्याज दिनेछन् ।

वाणिज्य बैंकहरुले व्यक्तिगत निक्षेपमा ९.२५ प्रतिशतसम्म ब्याज दिने गरेका छन् । यसलाई भने सबैजसो बैंकहरुले यथावत राखेका छन् ।

 

भद्र सहमतिपछि हिमालयन, एनएमबी, कृषि विकास, प्रभु, माछापुच्छ्रे ,सनराइज बैंक अफ काठमाण्डू, नबिल, कुमारी, नेपाल एसबिआई, सिद्धार्थ र सिभिल बैंक लगायतले ब्याजदर बढेको सूचना जारी गरेका छन्। त्यस्तै प्राइम, सानिमा, मेगा, लक्ष्मी, कुमारी, जनता बैंकले पनि ब्याजदर बढेको सूचना प्रकासित गरेका छन् । यसअघि नै सेञ्चुरी, सनराइज र एनसीसी बैंकले भने संस्थागत निक्षेपको ब्याज बढाएका थिए ।

सोमबार नयाँ ब्याजदर सार्वजनिक गरेका अधिकांश बैंकहरुले संस्थागत निक्षेपको ब्याजदर मात्र सार्वजनिक गरेका छन्। बैंक अफ काठमाण्डुले निक्षेपमा साढे पाँच प्रतिशत देखि ९.२५ प्रतिशतसम्म ब्याजदर दिने जानकारी गराएको छ। जसले बर्षदिन भन्दा लामो अवधिको मुद्दती निक्षेपमा साढे ८ प्रतिशत ब्याजदर सार्वजनिक गरेको छ । यस्तै प्रभु बैंकले पनि मुद्दती निक्षेपमा साढे ८ प्रतिशतसम्म प्रस्ताव गरेको छ ।

 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।