स्तरोन्नतीको काम सके पछि सोल्टी होटलको खुद नाफा ९७ प्रतिशतले बढयो

Feb 10, 2019 Merolagani

सोल्टी होटल (SHL) ले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा १५ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यहि अवधिमा ७ करोड ६९ लाख रुपैयाँ कमाएको होटलको खुद नाफा ९७.०७ प्रतिशतले बढेको हो ।

समिक्षा अवधिमा होटलको बजार व्यवस्थापन तथा प्रवद्र्धन लगायत स्तरोन्नती काय सम्पन्न गरी संचालनमा आएपछि नाफामा सुधार भएको हो ।

यस त्रैमासको अन्ततिर होटल परिसरमा अत्याधुनिक उपकरण र प्रविधि सहतिको सुविधा सम्पन्न स्पा तथा वेलनेश सेन्टर संचालनमा आएकोले आगामी दिनका होटलको आम्दानी बढ्ने अनुमान छ ।

होटलले यस अवधिमा व्यापार व्यवसाय तथा सेवाको बिक्री मार्फत ८८ करोड ५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा ६८ करोड ६३ लाख रुपैयाँ आम्दानी गरको थियो । यस्तै यस अवधिमा होटलले १९ करोड २८ लाख रुपैयाँ होटल संचालनबाट नाफा कमाएको छ ।

होटलको शेयर पूँजी ६६ करोड ६० लाख रुपैयाँ छ भने जगेडा कोषमा ९२ करोड ३५ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ५५ पैसा, प्रतिशेयर नेटवर्थ २३ रुपैयाँ ८७ पैसा, र प्रतिशेयर आम्दानी अनुपात ९०.०४ गुणा बढी छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।