एभरेष्ट इन्स्योरेन्सको व्यवसायमा देखियो यस्तो बढोत्तरी

Feb 11, 2019 Merolagani

एभरेष्ट इन्स्योरेन्स (EIC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा व्यवसायको आकार फराकिलो अन्तरले बढाएको देखिएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा इन्स्योरेन्सले संकलन गरेको बीमा शुल्क तथा दाबी भुक्तानीको आकारले यस्तो देखिएको हो । इन्स्योरेन्सको कमाईमा भने सामान्य वृद्धि देखिएको छ ।

गत आर्थिक वर्षको पुस मसान्तमा ६ करोड ३९ लाख रुपैंया खुद बीमा शुल्क आर्जन गरेको इन्स्योरेन्सले यस पटक १८ करोड ८० लाख ८६ हजार रुपैंया बीमा शुल्क आर्जन गरेको हो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन झण्डै २०० प्रतिशतले बढेको हो ।

बीमा शुल्क आर्जनको आकारसँगै इन्स्योरेन्सको बीमा दाबी भुक्तानीको आँकडा पनि फराकिलो अन्तरले बढेको देखिएको छ । गत आर्थिक वर्षको यसै अवधिमा १ करोड ७० लाख रुपैंयाको बीमा दाबी भुक्तानी गरेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ४ करोड २३ लाख रुपैंयाको बीमा दाबी भुक्तानी गरेको छ ।

बीमा शुल्क आर्जनसँगै दाबी भुक्तानीको आकारमा आएको बढोत्तरीले इन्स्योरेन्सको आम्दानी वृद्धिको अनुपात भने केही सुस्त बनेको छ । यसका साथै पुनरबीमा कमिशन खर्च, सेवा शुल्क व्यवस्थापन खर्च तथा यस अघिको असमाप्त जोखिम वापतको व्यवस्था शिर्षकमा धेरै खर्च हुँदा आम्दानी वृद्धि सामान्य देखिएको हो ।

उल्लेखित शिर्षकहरुका कारण इन्स्योरेन्सको ३९ करोड ३१ लाख ४१ हजार रूपैंयाको आम्दानीबाट ३६ करोड ४७ लाख ३४ हजार रुपैंया खर्च समायोजन हुँदा २ करोड ८४ लाख ७ हजार रुपैंया मात्र नोफा नोक्सान हिसावमा सारिएको छ । गत आर्थिक वर्षको यसै अवधिमा २ करोड २६ लाख ८६ हजार रुपैंया रकम नाफा नोक्सान हिसावमा सारिएको थियो ।

लगानी तथा कर्जाबाट हुने १ करोड ८१ लाख रुपैंयाको आयलाई यस पटकको नाफा नोक्सान हिसावमा सारिएको रकममा थप गरी इन्स्योरेन्सले ४ करोड ६५ लाख १० हजार रुपैंया आम्दानी गर्दा ब्यवस्थापन खर्च र आयकर समायोजनमा २ करोड १३ लाख रुपैंया खर्च गरेको छ ।

उल्लेखित सबै शिर्षक समायोजन गर्दा इन्स्योरेन्सले २ करोड ५१ लाख ६६ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले २ करोड ३७ लाख ७० हजार रुपैंया खुद नाफा कमाएको थियो ।

१३ करोड ३६ लाख ५० हजार रुपैंया चुक्ता पूँजी रहेको इन्स्योरेन्सले १४ करोड रुपैंयाको संस्थापक हकप्रद बिक्री गरेर पूँजी बढाउँदैछ । प्रतिशेयर आम्दानी १८ रुपैंया ८३ पैसा रहेको इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४५.४१ गूणाले बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।