जानकी फाइनान्सले एलआईसीको जीवन बीमा योजना बेच्ने

Feb 20, 2019 Merolagani

जानकी फाइनान्स (JFL) ले एलआईसी नेपालसँग बैकास्योरेन्स सम्झौता गरेको छ। सम्झौतापत्रमा फाइनान्सको प्रमुख कार्यकारी अधिकृत रजनिश कुमार सिंह र एलआईसीका बित्त विभाग प्रमुख विपिन कुमार लालले हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सिंहले ग्राहकहरुको चाहना अनुसार एलआईसी नेपालको सबै जीवन बीमा योजनाहरु सबै शाखा कार्यालयहरुमा उपलब्ध गराइने बताए ।

कार्यक्रममा एलआईसी नेपालका बैकास्योरेन्स विभाग प्रमुख विद्या श्रेष्ठले जीवन बीमा लिन चाहने ग्राहकले ढुक्ककासाथ जानकी फाइनान्स कम्पनीमार्फत बीमा पोलिसी लिन आग्रह गरेका थिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।