आइएमई जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकले गरे बैंकास्योरेन्स सम्झौता

Feb 20, 2019 Merolagani

आइएमई जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंक बिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुमन पोखरेलले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात बैंकका ग्राहकले नेपालभर रहेका मुक्तिनाथ विकास बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्सका बीमा सेवा प्राप्त गर्न सक्ने छन् ।

सम्झौतामा हस्ताक्षर गरे पछि मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुमन पोखरेलले आइएमई जनरल इन्स्योेरेन्ससंगको सहकार्यबाट दुवै संस्थाका सेवाग्राहीलाई सहज रुपमा सेवा दिन सकिने भन्दै खुसी व्यक्त गरेका थिए ।

आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताएका थिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।