दुई वाणिज्य बैंकको सहित नेप्सेमा एक करोड ८० लाख कित्ता शेयर सूचीकृत

Feb 21, 2019 Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार चार कम्पनीको बोनस र हकप्रद गरि कूल एक करोड ८० लाख ७१ हजार ८६७ कित्ता शेयर सूचीकृत भएको छ। यस दिन दुई वाणिज्य बैंकहरु एनआईसी एशिया र सेञ्चुरी बैंक तथा किसान माइक्रोफाईनान्स र चिलिमे हाइड्रोपावरको शेयर सूचीकृत भएको हो।

बिहीबार शेयर सूचीकरण गराउने कम्पनीहरुमध्ये एनआईसी एशिया बैंक र चिलिमे हाईड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको बोनस र सेञ्चुरी बैंक तथा किसान माइक्रोफाइनान्सको हकप्रद शेयर रहेको छ। 

एनआईसी एशिया बैंकले चुक्ता पँजीको १० प्रतिशत अर्थात ८० लाख ३१ हजार ११७ कित्ता तथा चिलिमे हाईड्रोपावरको चुक्ता पूँजीको २० प्रतिशत अर्थात ७९ लाख ३० हजार २२६ कित्ता शेयर सूचीकरण गराएको छ।

उता सेञ्चुरी बैंकको २०७४ भदौ असोजमा जारी गरेको चुक्ता पूँजीको ४० प्रतिशत हकप्रदमा अवितरित संस्थापक र साधारण गरि कूल१८ लाख ७० हजार २७४ कित्ता हकप्रद सूचीकरण गराएको छ । यस्तै किसान माइक्रोफाइनान्सको दुई लाख ४० हजार २५० कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस्तै किसान माइक्रोफाइनान्सको चुक्ता पूँजीको ५० प्रतिशत बराबरको दुई लाख ४० हजार २५० कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो।

दोस्रो त्रैमाससम्ममा वार्षिक साधारण सभा सम्पन्न गरेर लाभांश पारित गरेका कम्पनीहरुले हाल सूचीकृत हुने शेयरको क्रम बढ्न थालेको छ। कतिपय कम्पनीहरुले एजिएमबाट पारित बोनस शेयरधनीको डिम्याट खातामा पठाउन सुरु गरिसकेका छन् । करिब एक दर्जन बढी कम्पनीहरुले यस्तो लाभांश हालसम्म पठाइसकेका छन् ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।