करिब १ वर्षको विवादपछि शिवश्री हाइड्रोपावरका आईपीओ सूचीकृत

Oct 23, 2020 07:12 AM Merolagani



प्रत्याभूतकर्ता र कम्पनीबीचको करिब १ वर्षको विवादपछि अन्ततः शिवश्री हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत भएको छ।

कम्पनीको १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर धितोपत्र सूचीकरण नियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुनसक्ने गरी कात्तिक ५ गते सूचीकृत भएको हो।

शिवश्रीले २०७६ असोज १६ गतेदेखि कात्तिक १५ गतेसम्म सर्वसाधारणका लागि ३३ लाख ५१ हजार १ सय ४० कित्ता शेयर निष्काशन गरेको थियो। कुल शेयरमध्ये ७ लाख २० हजार कित्ताका लागि आवेदन परेको थियो। निष्काशन गरिएको कुल शेयरमध्ये २६ लाख ३० हजारभन्दा बढी शेयर बिक्री नभएपछि प्रत्याभूतकर्ता र कम्पनी बीच विवाद भएको थियो। कम्पनीका प्रत्याभूतकर्ता मुक्तिनाथ क्यापिटल र सिबिआईएल क्यापिटल हुन्।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।