करिब १ वर्षको विवादपछि शिवश्री हाइड्रोपावरका आईपीओ सूचीकृत

Oct 23, 2020 07:12 AM Merolagani



प्रत्याभूतकर्ता र कम्पनीबीचको करिब १ वर्षको विवादपछि अन्ततः शिवश्री हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत भएको छ।

कम्पनीको १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर धितोपत्र सूचीकरण नियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुनसक्ने गरी कात्तिक ५ गते सूचीकृत भएको हो।

शिवश्रीले २०७६ असोज १६ गतेदेखि कात्तिक १५ गतेसम्म सर्वसाधारणका लागि ३३ लाख ५१ हजार १ सय ४० कित्ता शेयर निष्काशन गरेको थियो। कुल शेयरमध्ये ७ लाख २० हजार कित्ताका लागि आवेदन परेको थियो। निष्काशन गरिएको कुल शेयरमध्ये २६ लाख ३० हजारभन्दा बढी शेयर बिक्री नभएपछि प्रत्याभूतकर्ता र कम्पनी बीच विवाद भएको थियो। कम्पनीका प्रत्याभूतकर्ता मुक्तिनाथ क्यापिटल र सिबिआईएल क्यापिटल हुन्।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।