शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको भिसा डेबिट कार्ड सञ्चालनमा

Feb 22, 2019 Merolagani



शाइन रेसुङ्गा डेभलपमेण्ट बैक (SHINE) ले एटिएम सेवाको औपचारिक शुरुवात गरी भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । बैंकको कार्ड प्रयोग गर्ने सेवाग्राहीले नेप्ससंग आवद्ध बैंक तथा वित्तीय संस्थाहरुसंग कारोबार गर्दा कुनै सेवा शुल्क नलाग्ने बैंकले जनाएको छ ।

यस्तै बैंकले रुपन्देहीको शुद्धोधन गाउँपालिका, फर्साकिटरमा शाखा कार्यालय विस्तार गरको छ । बैंकको शाखा कार्यालय एक समारोह बीच शुद्धोधन गाउपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीले समुद्घाटन गरेका हुन् ।

बैकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले बैंकले जनताको प्रतिनिधीमूलक वित्तीय संस्था भएकाले मुनाफालाई मात्र नभई त्यस क्षेत्रको आर्थिक र उद्यमशिलता बिकासका लागि प्राथमिकतामा राखि सेवा प्रवाह गर्ने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्थापनाका १० वर्ष पुरा गर्न लाग्दा १ अर्व ६२ करोड चुक्ता पूँजी रहेको बैंकले १६ अर्व ७० करोड निक्षेप संकलन गरी १५ अर्व ७० करोड कर्जा परिचालन गरेको बताए ।

स्थानीय पूँजी, स्थानीय श्रम, स्थानीय विकास, स्थानीय सम्बृद्धि भन्ने मूल नाराका साथ यस क्षेत्रमा सञ्चालित बैंकले स्थानीय जनताको आवश्यकताका आधारमा गुणस्तरीय र सर्बसुलभ बैकिङ्ग सेवा प्रवाह गर्दै आईरहेको बैंकले दाबी गरेको छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।