शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको भिसा डेबिट कार्ड सञ्चालनमा

Feb 22, 2019 Merolagani

शाइन रेसुङ्गा डेभलपमेण्ट बैक (SHINE) ले एटिएम सेवाको औपचारिक शुरुवात गरी भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । बैंकको कार्ड प्रयोग गर्ने सेवाग्राहीले नेप्ससंग आवद्ध बैंक तथा वित्तीय संस्थाहरुसंग कारोबार गर्दा कुनै सेवा शुल्क नलाग्ने बैंकले जनाएको छ ।

यस्तै बैंकले रुपन्देहीको शुद्धोधन गाउँपालिका, फर्साकिटरमा शाखा कार्यालय विस्तार गरको छ । बैंकको शाखा कार्यालय एक समारोह बीच शुद्धोधन गाउपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीले समुद्घाटन गरेका हुन् ।

बैकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले बैंकले जनताको प्रतिनिधीमूलक वित्तीय संस्था भएकाले मुनाफालाई मात्र नभई त्यस क्षेत्रको आर्थिक र उद्यमशिलता बिकासका लागि प्राथमिकतामा राखि सेवा प्रवाह गर्ने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्थापनाका १० वर्ष पुरा गर्न लाग्दा १ अर्व ६२ करोड चुक्ता पूँजी रहेको बैंकले १६ अर्व ७० करोड निक्षेप संकलन गरी १५ अर्व ७० करोड कर्जा परिचालन गरेको बताए ।

स्थानीय पूँजी, स्थानीय श्रम, स्थानीय विकास, स्थानीय सम्बृद्धि भन्ने मूल नाराका साथ यस क्षेत्रमा सञ्चालित बैंकले स्थानीय जनताको आवश्यकताका आधारमा गुणस्तरीय र सर्बसुलभ बैकिङ्ग सेवा प्रवाह गर्दै आईरहेको बैंकले दाबी गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।