उन्नति माइक्रोफाइनान्सको एक करोड १० लाखकाे हकप्रद सोमबारदेखि खुल्दै

Feb 24, 2019 Merolagani



उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था (UMB) को फागुन १३ गते सोमबारदेखि चुक्ता पूँजीको २० प्रतिशत हकप्रद शेयर निष्काशन हुँदैछ। कम्पनीले ५ः१ अनुपातमा एक करोड १० लाख रूपैयाँ बराबरकाे एक लाख १० हजार कित्ता हकप्रद बिक्री गर्न लागेको हो।

माइक्रोफाइनान्सको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ। हकप्रदमा धिातेपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरु, मेरो शेयर तथा सिद्धार्थ क्यापिटल नक्साल र माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। 

माइक्रोफाइनान्सले हकप्रद निष्काशन गर्न माघ १६ गते शेयरधनी दर्ता किताव बन्द गरिसकेको छ । यसअनुसार हकप्रदमा माघ १५ गतेसम्म कायम रहेका शेयरधनीले आवेदन दिन सक्नेछन् । हकप्रदमा आवेदन दिने अन्तिम म्याद चैत्र १७ गतेसम्म रहेको छ।

माइक्रोफाइनान्सले गत आर्थिक वर्षको बोनस वितरण गर्नुभन्दा पहिलेको चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँको २० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । गत माघ २६ मा सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट शेयरधनीलाई ५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजीको ४०.५० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेपछि अहिले माइक्रोफाइनान्सको चुक्ता पूँजी ७ करोड ७२ लाख ७५ हजार रुपैयाँ छ।

बोनसले हकप्रद नपाउने हुँदा हकप्रद शेयर निष्काशन पश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी १ करोड १० लाख रुपैयाँले बढेर ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा माइक्रोफाइनान्सले दुई करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ५४ रुपैयाँ ६७ पैसा छ ।

फागुन ९ गते बिहिबार माइक्रोफाइनान्सको प्रतिशेयर मूल्य एक हजार २७० रुपैयाँमा कारोबार भैरहेको छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।