उन्नति माइक्रोफाइनान्सको एक करोड १० लाखकाे हकप्रद सोमबारदेखि खुल्दै

Feb 24, 2019 Merolagani



उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था (UMB) को फागुन १३ गते सोमबारदेखि चुक्ता पूँजीको २० प्रतिशत हकप्रद शेयर निष्काशन हुँदैछ। कम्पनीले ५ः१ अनुपातमा एक करोड १० लाख रूपैयाँ बराबरकाे एक लाख १० हजार कित्ता हकप्रद बिक्री गर्न लागेको हो।

माइक्रोफाइनान्सको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ। हकप्रदमा धिातेपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरु, मेरो शेयर तथा सिद्धार्थ क्यापिटल नक्साल र माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। 

माइक्रोफाइनान्सले हकप्रद निष्काशन गर्न माघ १६ गते शेयरधनी दर्ता किताव बन्द गरिसकेको छ । यसअनुसार हकप्रदमा माघ १५ गतेसम्म कायम रहेका शेयरधनीले आवेदन दिन सक्नेछन् । हकप्रदमा आवेदन दिने अन्तिम म्याद चैत्र १७ गतेसम्म रहेको छ।

माइक्रोफाइनान्सले गत आर्थिक वर्षको बोनस वितरण गर्नुभन्दा पहिलेको चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँको २० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । गत माघ २६ मा सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट शेयरधनीलाई ५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजीको ४०.५० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेपछि अहिले माइक्रोफाइनान्सको चुक्ता पूँजी ७ करोड ७२ लाख ७५ हजार रुपैयाँ छ।

बोनसले हकप्रद नपाउने हुँदा हकप्रद शेयर निष्काशन पश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी १ करोड १० लाख रुपैयाँले बढेर ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा माइक्रोफाइनान्सले दुई करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ५४ रुपैयाँ ६७ पैसा छ ।

फागुन ९ गते बिहिबार माइक्रोफाइनान्सको प्रतिशेयर मूल्य एक हजार २७० रुपैयाँमा कारोबार भैरहेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।