लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुवै फण्डको एनएभीमा ह्रास

Feb 25, 2019 Merolagani

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फण्ड–१ र लक्ष्मी इक्विटी फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभी) मा गिरावट आएको छ। माघ महिनामा लक्ष्मी भ्यालु फण्ड–१ को १८ पैसा र लक्ष्मी इक्विटी फण्डको १७ पैसाले एनएभी ह्रास आएको छ ।

म्युचुअल फण्डहरुको मुख्य लगानी भनेको नै शेयर बजार हो । पछिल्लो समय शेयर बजारले लगातार घट्दो गति समाउदा फण्डहरुको खुद सम्पत्ति र एनएभीमा प्रत्यक्ष प्रभाव परेको देखिन्छ ।

लक्ष्मी भ्यालु फण्ड–१

माघ मसान्तमा लक्ष्मी भ्यालु फण्ड–१ को एनएभी १० रुपैयाँ ७१ पैसा छ। पुस महिनाको तुलनामा फण्डको एनएभी १८ पैसाले घटेको हो । पुसमा फण्डको एनएभी १० रुपैयाँ ८९ पैसा थियो ।

५० करोड रुपैयाँ आकार भएको फण्डको माघ महिनाको खुद सम्पत्ति मूल्य ५३ करोड ५६ लाख ३० हजार रुपैयाँ छ । गत महिनाको तुलनामा फण्डको खुद सम्पत्ति मूल्य ८९ लाख ४९ हजार रुपैयाँले घटेको हो ।

माघमा फण्डले नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका ३६ कम्पनीको ७ लाख १९ हजार ७३७ कित्ता शेयरमा ३१ करोड ४७ लाख ५४ हजार रुपैयाँ लगानी छ । पुसमा फण्डले ३१ करोड ११ लाख ७४ हजार ९२० रुपैयाँ सूचीकृत शेयरमा लगानी थियो ।

फण्डको नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबि बैंक, लाइफ इन्स्योरेन्स कर्पोरेसन र नेपाल लाइफ इन्स्योरेन्सको शेयरमा दुई करोड रुपैयाँ भन्दा धेरै लगानी छ ।

यस महिना फण्डले ४२ लाख ४४ हजार रुपैयाँ सार्वजनिक निष्काशनमा लगानी गरेको छ । फण्डले ५ करोड रुपैयाँ मुद्धती निक्षेपमा लगानी गरेको छ ।

समीक्षा अवधिसम्ममा फण्डले १६ करोड ५७ लाख ३० हजार रुपैयाँ बैंक मौज्दातमा सञ्चित गरेको छ भने २४ लाख ५९ हजार ७०९ रुपैयाँ बराबरको अन्य सम्पत्ति छ ।

माघ महिनामा १० करोड ५ लाख ४८ हजार ६२७ रुपैयाँ नोक्सानी रहेको फण्डले ६८ लाख ९९ हजार ३९८ रुपैयाँ खर्च गरेको छ ।

लक्ष्मी इक्विटी फण्ड

माघ मसान्तमा लक्ष्मी इक्विटी फण्डको एनएभी ८ रुपैयाँ ५५ पैसामा छ । पुस महिनाको तुलनामा फण्डको एनएभी १७ पैसाले घटेको हो । पुसमा फण्डको एनएभी ८ रुपैयाँ ७२ पैसामा थियो ।

एक अर्ब २५ करोड रुपैयाँको आकारमा सञ्चालन भएको फण्डको खुद सम्पत्ति एक अर्ब ६ करोड ८४ हजार ५७ हजार ७६६ रुपैयाँ छ । गत महिनाको तुलनामा फण्डको खुद सम्पत्ति मूल्य दुई करोड १५ लाख ८१ हजार ६४२ रुपैयाँले ह्रास भएको हो ।

यस महिना फण्डले ६८ कम्पनीको १९ लाख ५४ हजार ६९१ कित्ता सूचीकृत शेयरमा ७९ करोड ६५ लाख ३२ हजार रुपैयाँ लगानी छ । पुसमा फण्डले ७१ करोड १५ लाख ५६ हजार रुपैयाँ सूचीकृत शेयरमा लगानी थियो ।

यस महिना फण्डले एक करोड ६ लाख १० हजार १०५ रुपैयाँ सार्वजनीक निष्काशनमा लगानी गरेको छ भने फण्डले ६ करोड रुपैयाँ बैंक मुद्धती निक्षेपमा लगानी गरेको छ ।

माघमा मसान्तसम्म फण्डले २१ करोड ८ लाख १४ हजार ६५० रुपैयाँ बैंक मौज्दातमा संञ्चित गरेको छ । फण्डले २९ लाख ६ हजार ८१२ रुपैयाँ प्राप्त गर्न बाँकी छ ।

माघ महिनामा २१ करोड ३५ लाख ८९ हजार ४४० रुपैयाँ नोक्सानीमा रहेको फण्डले एक करोड ७० लाख ७३ हजार ३७० रुपैयाँ खर्च गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।