एभरेष्ट इन्स्योरेन्सको संस्थापक हकप्रद शेयर दोस्रो बजारमा कारोबार होला कि नहोला ?

Feb 26, 2019 Merolagani

शतप्रतिशत सर्वसाधारण समुहको मात्र शेयर रहेको एभरेष्ट इन्स्योरेन्सले नियामक निकायको निर्देशन अनुरुप ५१ प्रतिशत संस्थापक हकप्रद शेयर बिक्री गरेर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत गराएको छ । शेयर सूचीकरण भएसँगै कम्पनीका लगानीकर्ता तथा समग्र बजारमा साधारण शेयरले जन्माएको एभरेक्ष्टको संस्थापक शेयर कारोबार होला कि नहोला भन्ने चासो बढेर गएको छ ।

इन्स्योरेन्सले मंगलबार नेपाल स्टक एक्सचेञ्जमा १४ लाख ३ हजार ३२५ कित्ता शेयर सूचीकरण गराएसँगै शेयरधनीहरु शेयर कारोबार गर्न पाइएला कि नपाइला भन्ने अवस्थामा पुगेका छन् ।

संस्थापक र सर्वसाधारणको शेयर अनुपात ५१ अनुपात ४९ कायम गर्नका लागि निष्काशन गरिएको संस्थापक शेयर करोबारमा नआउँदा चलायमान अवस्थाको लगानी स्थिर बन्ने चिन्ता कतिपय लगानीकर्तामा छ ।

अर्कातिर साधारण शेयर सरह हकप्रदमा लगानी गरेका कारण पनि कतिपय लगानीकर्ता शेयर कारोबारमा आउनेमा आशावादी छन् । नियामक निकायको कमजोरीका कारण नै यो अवस्था आएकाले पनि त्यसको सिधा असर लगानीकर्तामा पर्ने भन्दै लगानीकर्ता आशावादी बनेका हुन् ।

एभरेष्ट इन्स्योरेन्सले अरु केही कम्पनीहरुको संस्थापक शेयर दोस्रो बजारमा कारोबार भईरहेको भन्दै लगानीकर्ताको लगानीलाई चलायमान बनाउने पक्षमा रहेको बताएको छ ।

मेरोलगानीसँग कुरा गर्दै इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले भने, ‘दोस्रो बजारमा एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर कारोबार गराउने व्यवस्था मिलाइ दिनका लागि बीमा समितिलाई लिखित आग्रह गरेका छौं । तर जवाफ आएको छैन ।’

बीमा समितिले भने पूँजी योजनाको विषयभन्दा बाहेक कुनै पनि विषयमा कम्पनीबाट पत्रहरु प्राप्त नभएको बताएको छ । मेरोलगानीसँग कुरा गर्दै समितिकी प्रवक्ता पुजन ढुंगेलले कम्पनीका तर्फबाट पूँजी योजनाको विषय पछि कुनै पनि व्यहोराको पत्र प्राप्त नभएको बताइन् ।

यसले कम्पनीको शेयर कारोबारमा आउँछ वा आउँदैन भन्ने प्रश्नलाई जिवितै राखेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।