युनिभर्सल पावरको आईपिओ नतिजा मेराेलगानीमा हेर्नुहाेस्

Feb 27, 2019 Merolagani



युनिभर्सल पावर कम्पनी (UPCL) ले निष्काशन गरेको साधारण शेयर फागनु १५ गते बुधबार (आज) बाँडफाँड भएको छ। कम्पनीले स्थानीय र कमर्चारीबाट अवितरित शेयर समेत गरि कूल ८८ लाख ५७ हजार ५९० कित्ता शेयर सर्वसाधारणमा बुधबार बाँडफाँड गरिएको हो। 

शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आईपिओमा आवेदन गरेका एक हजार ३०० कित्तासम्म माग गर्नेले माग अनुसारको नै शेयर प्राप्त गरेको जनाएको छ। यसैगरि एक हजार ५०० कित्तादेखि दश हजार कित्तासम्म माग गर्ने सबैले समानुपातिक रुपमा एक हजार ३५० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ।

हाइड्रोपावरको आईपिओमा एक लाख ५ हजार १५९ वटा आवेदनबाट ९२ लाख ४५ हजार २९० कित्ता शेयर माग भएको थियो। जसमध्ये ४० आवेदनबाट परेको ३ हजार १६० कित्ता शेयर रद्ध भएको छ। बाँकी रहेको एक लाख पाँच हजार ११९ आवेदकबाट परेको ९२ लाख ४२ हजार १३० कित्ता सदर भएको थियो।

युनिभर्सल पावरले माघ २५ गतेदेखि फागुन ८ गतेसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई जारी गरेको २१ लाख ३५० कित्ता शेयरमध्ये अवितरित १७ लाख ६६ हजार १५० कित्ता समेत कूल कूल ९३ लाख २७ हजार ४१० कित्ता आईपिओ बिक्रीमा ल्याएको थियो ।

जसमध्ये ४ लाख ६६ हजार ३७० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ । कर्मचारीलाई छुट्टाएको एक लाख ८६ हजार ५४८ कित्तामध्ये ३ हजार ४५० कित्ता मात्र कर्मचारीले खरिद गरेपश्चात बाँकी रहेको एक लाख ८३ हजार ९८ कित्ता समेत सर्वसाधारणका लागि बाँडफाँड गरिएको हो ।

कम्पनीले यसअघि ८६ लाख ७४ हजार ४९२ कित्ता आईपिओ निष्काशन गरेकोमा कर्मचारीले नबिनेको एक लाख ८३ हजार ९८ कित्ता गरि कूल ८८ लाख ५७ हजार ५९० कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गरेको हो ।

नतिजा हेर्नको लागि मेरोलगानीको गृहपृष्ठमा रहेको आईपिओ (IPO) शिर्षकभित्र रहेको आईपिओ रिजल्ट (IPO RESULT) मा जानुहोस् ।

त्यसपछि  आईपिओ नतिजा हेर्नुपर्ने सम्बन्धीत कम्पनी युनिभर्सल पावर छनौट गरि हितग्राही खाता नम्बर (बिओआईडि BOID) सेक्सनमा आफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी (SEARCH Botton) मा गएर आफुलाई आईपिओ पर्यो कि परेन हेर्न सक्नुहुन्छ

हाल एक अर्ब १३ करोड ४१ लाख ८९ हजार रुपैयाँ कम्पनीको चुक्ता पूँजी रहेको कम्पनीको आईपिओ बिक्री प्रश्चात दुई अर्ब १० करोड तीन लाख ५० हजार रूपैयाँ पुग्नेछ। यससँगै संस्थापक साधारण शेयर अनुपात ५४:४६ कायम हुनेछ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।