बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार कम्पनीको प्राथमिक शेयरमा २३ लाख ६१ हजार १२४ जना आवेदकले २ करोड ६३ लाख ७१ हजार ७४० कित्ताका लागि आवेदन दिएका छन्। यो सर्वसाधारणका लागि निष्कासन गरिएको ८ लाख ६३ हजार २०० कित्ताको तुलनामा ३०.५५ गुणा बढी हो।
कम्पनीले भदौ २२ गतेदेखि खुला गरेको शेयर आवेदनको अन्तिम दिन भदौ २६ गतेसम्म कूल २ अर्ब ६३ करोड ७१ लाख ७४ हजार रुपैयाँ बराबरको रकम सङ्कलन भएको छ। मागभन्दा निकै बढी आवेदन परेकाले कम्पनीको शेयर गोलाप्रथाद्वारा बाँडफाँड गरिनेछ।