सिटिजन्स म्युचुअल फण्ड–१ को एनएभिमा २२ पैसाको गिरावट

Feb 27, 2019 Merolagani



सिटिजन्स म्युचुअल फण्ड अन्र्तगत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड–१ (CMF1) ले माघ महिनाको वित्तिय विवरण सार्वजनिक गरेको छ । माघ महिनामा फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभि) १० रुपैयाँ ३९ पैसा कायम भएको छ ।

गतमहिनाको तुलनामा फण्डको एनएभि २२ पैसाले ह्रास भएको हो । पुस महिनामा फण्डको एनएभि १० रुपैयाँ ६१ पैसा थियो ।

८२ करोड रुपैयाँको आकारमा सञ्चालित फण्डको माघ महिनामा खुद सम्पत्ति ८५ करोड १७ लाख २६ हजार ९६१ रुपैयाँ छ । गत महिनाको तुलनामा फण्डको खुद सम्पत्ति एक करोड ८२ लाख ९

हजार ३१५ रुपैयाँले घटेको हो । पुस महिनामा फण्डको खुद सम्पत्ति ८६ करोड ९९ लाख ३६ हजार २७६ रुपैयाँ थियो ।

गतवर्षको फागुन महिना देखि सञ्चालनमा आएको यस फण्डले नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कम्पनीका ३८ लाख ६१ हजार ६४९ कित्ता शेयरमा ५९ करोड १६ लाख १४ हजार ८६४ रुपैयाँ लगानी गरेको छ ।

जस मध्ये फण्डले सबै भन्दा धेरै लगानी वाणिज्य बैंकहरुको शेयरमा लगानी गरेको छ । फण्डको वाणिज्य बैंकमा २६ करोड ६४ लाख ४६ हजार ३२७ रुपैयाँ लगानी छ ।

फण्डले पुस महिनामा ५४ करोड ९० लाख ८२ हजार ५४३ रुपैयाँ लगानी थियो । फण्डले सूचीकृत हुन बाँकी धितोपत्रमा ५ करोड रुपैयाँ लगानी गरेको छ भने मुद्धती निक्षेपमा ८ करोड रुपैयाँ लगानी गरेको छ ।

समीक्षा अवधिमा फण्डले १४ करोड २७ लाख २४ हजार ८६५ रुपैयाँ बैंक मौज्दातमा संचित गरेको छ भने ४६ लाख ८३ हजार ७५८ रुपैयाँ बराबरको अन्य सम्पत्ति रहेको छ ।

यस महिनामा दुई करोड ४१ लाख ३५ हजार ६५६ रुपैयाँ आम्दानी गरेको फण्डले एक करोड एक लाख २९ हजार १२१ रुपैयाँ खर्च गरेको छ ।




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।