कृषि विकास बैंकको बोनसपछि शेयरमूल्य समायोजन

Mar 03, 2019 Merolagani

कृषि विकास बैंक (ADBL) को नेपाल स्टक एक्सचेञ्जमा फागुन १९ गते आइतबार शेयरमूल्य समायोजन भएको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न  प्रस्ताव गरेको ६ प्रतिशत बोनसको बुकक्लोजसँगै शेयरमूल्य समायोजन भएको हो।

नेप्सेले बोनस समायोजनपछि आइतबार कृषि विकास बैंकको शेयर प्रतिकित्ता ३१४ रुपैयाँ १५ पैसा निर्धारण गरेको छ । आइतबार बैंकको कारोबार समायोजन मूल्यलाई आधार मानेर खुलेको छ । 

बैंकको नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा औसत आधारमूल्य ३७३ रुपैयाँ ५८ पैसा कायम भएको छ । यससँगै बैंकको शेयरमूल्य औसत आधारमूल्यभन्दा ५९ रुपैयाँ कम भएको छ । समायोजन पश्चात कारोबार खुलेको बैंकको शेयरमूल्यमा पुन करिब ६ प्रतिशत गिरावट आएको छ ।

कृषि विकास बैंकले केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा चैत १५ गते आह्वान गरेको वार्षिक साधारण सभामा सर्वसाधारण शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र १५.०५३ नगद लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै सरकारको अग्राधिकार शेयरमा पनि ६ प्रतिशत नगद लाभांश प्रस्ताव पनि अनुमोदन हुनेछ ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ३६ करोड ४२ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २८ रुपैयाँ २५ पैसा कायम गरेको छ। बैंकको मूल्य आम्दानी अनुपात करिब ११ गुणा मात्र बढी छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।