दुई इन्स्योरेन्सको शेयरमूल्य समायोजन

Apr 19, 2024 04:52 AM Merolagani



बैशाख ७ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी इन्स्योरेन्सहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन सूर्यज्योतिको १०.२६ प्रतिशत र प्रभुको ४.७५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात सूर्यज्योतिको शेयरमूल्य ४५७ रुपैयाँ ७४ पैसा कायम भएको छ भने प्रभुको ७३७ रुपैयाँ ४७ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी इन्स्योरेन्सहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार दोस्रो बजारमा सूर्यज्योतिको शेयर प्रतिकित्ता ५०४ रुपैयाँ ७० पैसा र प्रभु इन्स्योरेन्सको ७७२ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा यी इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।

 

सूर्यज्योति लाइफ इन्स्योरेन्स (SJLIC) ले बैशाख २१ गते, होटल हैरिसन प्यालेस, विराटनगरमा १६ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १०.२६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित २४.७४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक नियुक्त गर्न लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यस्तै, प्रभु इन्स्योरेन्स (PRIN) ले बैशाख २० गते, बिहीबार, आफ्नो केन्द्रिय कार्यालय, प्रभु कम्प्लेक्स, तिनकुने, काठमाडौँमा २८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले चुक्ता पूँजी १ अर्ब ५० करोड पुर्याउन हकप्रद शेयर निष्काशन गर्ने वा अन्य विकल्प भए सोही बमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिको संरचना परिवर्तन गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालक निर्वाचन गर्ने लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।