मेगा बैंकको बोनस सूचीकृत

Mar 05, 2019 Merolagani

मेगा बैंक (MEGA) को बोनस शेयर फागुन २१ गते मंगलबार नेपाल स्टक एक्सचेञ्जमा कारोबारका लागि सूचीकृत भएको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको बोनस कारोबारका लागि सूचीकृत गराएको हो।

बैंकले १० लाख ३० हजार ९४८ दशमलव ७५ कित्ता बोनस शेयर सूचीकरण भएको हो।

बैंकको गत आर्थिक वर्ष २०७४।७५ को नाफाबाट वितरण गर्न प्रस्ताव गरेको चुक्ता पूँजीको १ प्रतिशत बोनस तथा ६.८५ प्रतिशत नगद लाभांश पुस ३० गते सम्पन्न ८ औं वार्षिक साधारण सभाबाट अनुमोदन भएको थियो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले गत आर्थिक वर्षको तुलनामा ८५.९६ प्रतिशत ले खुद नाफा वृद्धि गरी ७३ करोड २० लाख ४५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा ५४ करोड ७० लाख २९ हजार रुपैयाँ र प्रतिशेयर आम्दानी १४ रुपैयाँ १३ पैसा छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।