नेप्सेमा थपियो ८ लाख १६ हजार कित्ता बोनस शेयर, शेयरधनीले आइतबारबाटै कारोबार गर्नसक्ने

Mar 08, 2019 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा ८ लाख १६ हजार ३९९ कित्ता बोनस शेयर कारोबारका लागि सूचीकृत भएको छ। सप्तकोशी डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्सले वितरण गरेका बोनस बिहीबार सूचीकरण गराएका हुन्।

सूचीकरणसँगै दुबै कम्पनीका उक्त बाेनस शेयर आइतबारदेखि खरिद बिक्री गर्न सकिनेछ ।

सेन्ट्रल फाइनान्सले ६ लाख ६३ हजार ८४६ कित्ता बोनस नेप्सेमा सूचीकृत गराएको छ । फाइनान्सको गत मंसिर मंसिर १ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ८.७६ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

गत आर्थिक वर्षको नाफाबाट फाइनान्सले ७ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । लाभांश पारित गर्न फाइनान्सले चैत ५ गते साधारण सभा आह्वान गरेको छ।

यसैगरि सप्तकोशी डेभलपमेन्ट बैंकले एक लाख ५२ हजार ५५३ कित्ता बोनस सूचीकरण गराएको हो ।बैंकको गत पुस २८ गते सम्पन्न छैटौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट चुक्ता पूँजीको ३ प्रतिशत बोनस र ५.०६४ प्रतिशत नगद लाभांश वितरण गर्ने पारित गरेको थियो । सोही शेयर बिहीबार कारोबारका लागि सूचीकरण भएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।