घट्दो बजारमा पनि किन बढिरहेको छ नेपाल लाइफको शेयरमूल्य ?

Mar 10, 2019 Merolagani

पछिल्ला दिनमा शेयर बजारमा निरन्तर गिरावट आइहरको छ। तर नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य भने पछिल्ला दिनमा बढ्दो क्रममा छ। हरेक वर्ष आकर्षक लाभांश वितरण गर्दा पनि प्रतिफल वितरणको क्षमतालाई सन्तुलनमा राख्न सकेका कारण नै नेपाल लाइफको शेयरमा लगानीकर्ताको आकर्षण बढ्दा शेयर मूल्य बढेको देखिएको हो।

शेयर बजारमा गिरावट आउँदा पनि कम्पनीले आकर्षक प्रतिफल दिएको अवस्थामा नोक्सान धेरै नहुने वा फाइदाको अवस्थामा रहने सम्भावना हुन्छ।

नेपाल लाइफ (NLIC) को हकमा पनि लगानीकर्ताले सुरक्षित महसुस गरेका कारण नै शेयर मूल्य बढेको देखिन्छ। शेयर बजार परिसूचक नेप्सेको गति र नेपाल लाइफको शेयर मूल्यको गति विपरित रहेको तथ्यलाई यसरी हेरौं ।


इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट २५ प्रतिशत बोनस र २३.५० प्रतिशत नगद सहित ४८.५० प्रतिशत लाभांश घोषणापछि नेपाल लाइफको शेयर मूल्य निरन्तर उकालो लागिरहेको छ। यो गतिले बोनस पछि मूल्य समायोजन हुँदा पनि नेपाल लाइफको शेयर मूल्य माथिल्लो बिन्दुमा नै रहने आँकलन गर्न सकिन्छ ।

कम्पनीले फागुन १९ गते लाभांश घोषणा गरेको थियो ।

त्यसपछि १ हजार ५० रुपैयाँमा खुलेको बजारमा कम्पनीको शेयरमूल्य निरन्तर बढेर १ हजार ११० रुपैयाँ पुगिसकेको छ। तर नेपाल लाइफको लाभांश प्रस्ताव हुनुभन्दा केही दिन पहिलेदेखि नै शेयर मूल्यमा तिब्र बढोत्तरी भैरहेको तथ्याङ्कले देखाउँछ। यसले केही हदसम्म शेयर कर्नरिङ्गको अभ्यासलाई पनि संकेत गर्छ।

यद्यपी नेपाल लाइफले गरिरहेको सुधार र व्यवसाय विस्तारको कारण नै प्रत्येक वर्ष आकर्षक लाभांश वितरण गरेको कुरालाई नकार्न सकिन्न। पछिल्ला ७ वटा आर्थिक वर्षमा नेपाल लाइफले वितरण गरेको लाभांशको तथ्यले पनि यसलाई प्रष्ट बनाउँछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।