साल्ट ट्रेडिङ्गको बोनसपश्चात शेयरमूल्य समायोजन

Mar 10, 2019 Merolagani

साल्ट ट्रेडिङ्ग कर्पोरेशन (STC) को आइतबार नेपाल स्टक एक्सचेञ्जमा बोनसपश्चात शेयरमूल्य समायोजन भएको छ। कम्पनीले आर्थिक वर्ष २०७४/७५ को लाभांश वितरणका लागि फागुन २४ शुक्रबार शेयर दाखिला खारेज गरेसँगै आइतबार शेयरमूल्य समायोजन भएको हो।

नेप्सेका अनुसार कम्पनीको २५ प्रतिशत बोनस शेयर पश्चात प्रतिकित्ता ४०० रुपैयाँ ८० पैसामा शेयरमूल्य समायोजन भएको हो ।

यस्तै १८० दिन नेप्सेमा कारोबार भएको शेयरमूल्यको आधारमा कम्पनीको औसत आधारमूल्य ३१७ रुपैयाँ ९० पैसा निर्धारण भएको हो । यसअनुसार कम्पनीको औसतमूलय भन्दा बजारमूल्य प्रतिकित्ता ८२ रुपैयाँ धेरै देखिन्छ ।

आइतबार समायोजित शेयरमूल्यलाई आधार मानेर कम्पनीको शेयर कारोबार सुचारु हुनेछ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश गरि कूल ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। सो लाभांश पारित गर्न कम्पनीले चैत ११ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको छ ।
साधारण सभाले पारित गर्ने उक्त लाभांश फागुन २३ गते बिहीबारसम्म कायम शेयरधनीले मात्र पाउनेछन् ।


साथै साधारण सभाले सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने ७ जना सञ्चालकको निर्वाचन गर्नेछ । यस्तै लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण,नाफा नोक्सान सम्बन्धमा छलफल र सञ्चालक समितिले आव २०७४।७५ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने लगायत एजेन्डा पनि सभाको छन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।